यस वर्ष भटमास खेतीको क्षेत्रफल २ खर्ब वर्गमिटर भन्दा बढीमा स्थिर
2023-01-27 16:38:55cri
Share with:

कृषि तथा ग्रामीण मामिला मन्त्रालयबाट प्राप्त जानकारी अनुसार चीनले निरन्तर रुपमा भटमासको तेल उत्पादन क्षमता सुधार परियोजनाको प्रवर्द्धन गर्दै भटमास उत्पादन क्षेत्रफल ३५ करोड मुभन्दा बढीमा स्थिर रहेको सुनिश्चित गर्दै जाने छ।

सन् २०२२ मा चीनले भटमासको तलको उत्पादन क्षमता बढाउन एउटा परियोजना लागू गरेको छ भने प्रारम्भिक उपलब्धि हासिल गरेको देखिन्छ। उत्तरपूर्वी चीनको परम्परागत भटमास उत्पादन क्षेत्रमा मकै र भटमासको क्रमिक विकास र उत्तरपश्चिम, ह्वाङहुआइहाई, दक्षिणपश्चिम र याङ्त्जे नदीको मध्य र तल्लो भागको उपयुक्त क्षेत्रमा उक्त परियोजना विस्तार गरिएको छ। भटमास खेतीको क्षेत्र १ खर्ब वर्गमिटरभन्दा बढी पुगेको छ भने सन् १९८५ देखि यता उच्चतम् क्षेत्रफल भएको वर्ष बनेको छ।  उत्पादन मात्रा पहिलो पटक २ करोड टन पुगेको छ भने ऐतिहासिक उच्च रेकर्ड पनि सिर्जना भएको छ। भटमासमा आत्मनिर्भरता दर ३ प्रतिशत अंकले बढेको छ ।