सन् २०२३ मा चीनको अर्थतन्त्रले क्षेत्रीय आर्थिक बृद्धिलाई बढाउने संयुक्त राष्ट्र संघको पूर्वानुमान
2023-01-27 15:50:00cri
Share with:


जनवरी २५ तारिख संयुक्त राष्ट्र संघले विश्व आर्थिक स्थिति २०२३ र आउटलुक शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन अनुसार विश्व आर्थिक बृद्धिदर सन् २०२२ को ३ प्रतिशतबाट १.९ प्रतिशतसम्म घट्ने छ तर चीनको अर्थतन्त्रले क्षेत्रीय आर्थिक बृद्धिलाई बढाउने पूर्वानुमान गरेको छ।

 

प्रतिवेदनका अनुसार, सन् २०२३ मा चीनको आर्थिक विकास तिव्र गतिले बृद्धि हुनेछ। चीनको महामारी नियन्त्रण नीति खुकुलो भएको र सक्रिय आर्थिक कदम चालिएसँगै यसपछि चीनको आन्तरिक उपभोग माग पनि बृद्धि हुनेछ र यस वर्ष चीनको आर्थिक बृद्धि दर ४.८ प्रतिशत पुग्नेछ।

 

संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक मामिला विभागको विश्व आर्थिक अनुगमन केन्द्रका प्रमुख हामिद लासिदले अरू विकासोन्मुख मुलुकसँग फरक भएको छ कि चीनले बलियो वित्तीय नीति र मुद्रा नीतिको कायम गरेको छ त्यसैले वित्त र मुद्राको दृष्टिकोणबाट हेर्दा चीनसँग बलियो समर्थन रहेको उल्लेख गर्नुभयो।