विकासको आधारमा शान्ति निर्माण गर्नुपर्ने कुरामा चीनको जोड
2023-01-27 15:31:11cri
Share with:

जनवरी २६ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले शान्ति निर्माण र दिगो शान्तिबारे खुला बहस गरेको छ। चीनले विकासका आधारमा शान्तिको निर्माण गर्ने कुरामा आफू अडिग रहेको दोहोर्याएको छ।

संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि चाङ च्युनले शान्ति निर्माण दिगो शान्तिलाई साकार गर्ने महत्वपूर्ण अंश हो भन्दै यो वर्तमान स्थितिमा अझै महत्वपूर्ण भएको विचार व्यक्त गर्नुभयो। शान्तिको निर्माण गर्न विकासलाई प्राथमिकतामा राख्नुपर्छ र विभिन्न कठिनाइबाट जोगाउन जनताले घरको पुनःनिर्माण गर्ने र असल जीवन बिताउने ठूलो इच्छा लिएको पनि उहाँले बताउनुभयो।

चाङ च्युनले शान्ति निर्माण गर्नका लागि उनीहरूको चाहनालाई पूरा गरेर विकासलाई प्राथमिकतामा राख्नुपर्छ अनि गरिबी निवारण, जनजीवनको संरक्षण, अनिवार्य शिक्षा, सार्वजनिक स्वास्थ्य लगायत क्षेत्रमा स्रोतको प्रमुख प्रयोग गरी औद्योगिकरण, कृषिकरण, पूर्वाधारको आधिनिकिकरणलाई समर्थन गर्नुपर्ने कुरामा जोड दिनुभयो। विकसित मुलुकले आधिकारिक विकास उद्धार र जलवायु वित्तपोषणसम्बन्धी वचनलाई व्यवहारमा उतार्नुपर्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

प्रतिनिधि चाङ च्युनले शान्ति निर्माण गर्न जनता केन्द्रित हुनुका साथै सम्बद्ध मुलुकको सार्वभौमिकता र नेतृत्वतालाई सम्मान गर्नुपर्ने दोहोर्याउनुभयो। चीनले अफ्रिकी मुलुकलाई क्षमता निर्माण बढाउने अवस्थाबारे जानकारी दिनुका साथै उदार र एकताबद्ध भएर मुलुकको अनुशासनमा समाजका विभिन्न समूहको समान संलग्नेको प्रत्याभूति गर्न आह्वान गरेको उल्लेख गर्नुभयो।