वसन्त चाड परिवाहनको २० औँ दिन चीनमा ४ करोड ३५ लाख ६४ हजार व्यक्तिद्वारा यात्रा
2023-01-27 15:53:01cri
Share with:

चीनको राज्य परिषदको वसन्त चाड परिवाहन विभागका अनुसार, जनवरी २६ तारिख अर्थात् वसन्त चाड परिवाहनको २० औँ दिनमा चीनमा रेलमार्ग, राजमार्ग, जलमार्ग, उड्ड्यानबाट ४ करोड ३५ लाख ६४ हजार व्यक्तिले यात्रा गरेका छन्। यो सन् २०१९ को सोही अवधिको तुलनामा ४६.९ प्रतिशत कम हो र सन् २०२२ को भन्दा ८५.९ प्रतिशत बढी हो।
सो अवधिमा एक्प्रेस मार्गको कूल ट्र्याफिक मात्रा ५ करोड ६२ लाख ९५ हजार पुगेको छ। ती मध्ये गाडीको ट्र्याफिक मात्रा ५ करोड ४४ लाख ३८ हजार पुगेको छ भने सन् २०१९ को सोही अवधिको तुलनामा २३.७ प्रतिशतले बढी छ र सन २०२२ कोभन्दा ३३.३ प्रतिशत बढेको छ।