चीनका विभिन्न ठाउँमा रोजगारीको प्रत्याभूति गर्न विविध कदम चालिएको
2023-01-28 15:01:46cri
Share with:

वसन्त चाडपछि चीनका विभिन्न ठाउँमा पुनः काममा फर्कने मानिसहरूको भीड देख्न सकिन्छ। योसँगै यात्रुको वतजावतले नयाँ उचाइ छोएको छ। चीनका है लौङ च्याङ, च्याङसु लगयातका प्रान्तहरूले विविध कदम चाली बाहिरी काम गर्ने व्यक्तिहरूला सफलताका साथ पुनः काम गर्न प्रत्याभूति गरेको छ।

चीनको है लौङ च्याङ प्रान्तमा बाहिरी काम गर्ने व्यक्तिलाई हरित पासमार्फत् रेल टिकट किन्ने, सामग्रीको ढुवानी गर्ने आदि पक्षमा सुविधाको प्रदान गरेको छ। च्याङसु प्रान्तमा, स्थानीय २ हजारबढी व्यवसायमा रोजगारीको माँगको जानकारी दिएर चीनको युननान प्रान्तबाट १ लाख कामदार भर्ती गरेको छ। यसका साथै च्याङसु प्रान्तले युननानबाट आएका कामदारलाई विशेष विमान सेवा प्रदान गरेको छ।

साथै, चीनको च्याङसी प्रान्तले चालु वर्षको पहिलो महिनामा हालसम्म लगभग ६०० पटक भर्ती कार्यक्रमको आयोजना गरी जम्मा ८ हजार ७ सयबढी व्यवसायले ४ लाख रोजगार प्रदान गरेको छ।