नेपालमा ६ महिनामा १७ अर्ब ३० करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव
2023-01-28 15:41:09cri
Share with:

नेपालमा चालु आर्थिक वर्ष साउनदेखि पुससम्म १७ अर्ब ३० करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव प्राप्त भएको छ। उद्योग विभागको तथ्यांक अनुसार १३१ वटा उद्योगमा विदेशी लगानी प्रस्ताव गरिएको हो। जुन गत वर्षको अर्धवार्षिकको तुलनमा १३ अर्ब २६ करोडले कम रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

गत वर्ष सोही अवधिमा ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव थियो। विभागका अनुसार १ सय २९ वटा उद्योगमा लगानी प्रस्ताव प्राप्त भएको हो। चालु आर्थिक वर्ष सबैभन्दा बढी १ सय १० वटा साना उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ। यस्तै, मझौलामा १९ र ठूलामा २ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ।

उक्त उद्योगहरूमा ७ हजार ८ सय ४१ जनालाई रोजगार प्रस्ताव गरिएको छ। गत वर्ष सोही अवधिमा ८ हजार १ सय ४६ जनाका लागि रोजगार प्रस्ताव प्राप्त भएको थियो। देशमा हालसम्म ५ हजार ६ सय ६४ वटा विदेशी लगानी स्वीकृत हुँदा ४ खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।

विभागका अनुसार चालु वर्षमा पेटेन्टसमेत दर्ता भएको छ। हालसम्म ८१ वटा पेटेन्ट दर्ता भएको विभागको तथ्याङ्क छ। यस्तै, साउनदेखि पुससम्म ८ वटा डिजाइन र एक हजार ५ सय ५१ वटा डिजाइन दर्ता भएको छ।