अमेरिकाले इन्टर्नेट स्पेसको अतिक्रमण गरिरहेको रूसी उपविदेशमन्त्रीको भनाइ
2023-01-28 16:40:09cri
Share with:

टास समाचार समितिका अनुसार, जनवरी २८ तारिख रूसका उप-विदेशमन्त्री ओलेग सेरोमोलोतोभले अमेरिकाले साइबर स्पेसमा आफ्नो आक्रमण योजना चाल्दै गरेको भन्ने कुरा व्यक्त गर्नुभयो।

 उहाँका अनुसार, अमेरिकाले भाडामा ह्याकर भर्ती गरी आफ्नो नियन्त्रणमा रहेका गठबन्धक र निजी कम्पनीका कृत्रिम बुद्धिमत्ता प्रणालीमार्फत रूसको सूचना पूर्वाधारमाथि प्रहार गरिरहेको छ।

 यसका साथै अमेरिकाले स्पाइवेयरको प्रयोग गरी व्यक्तिगत सञ्चार यन्त्र र कम्प्युटरको आक्रमण गरी विश्वव्यापी व्यक्तिगत सूचना चोरेको पनि ओलेग सेरोमोलोतोभले बताउनुभयो।