प्रहरी हिंसात्मक कानुन प्रवर्तनको बिरोध गर्दै अमेरिकामा प्रदर्शन
2023-01-29 16:36:02cri
Share with:

जनवरी २७ तारिख अमेरिका टेनेसी राज्यको मेम्फिस नगर प्रहरीले गत ७ तारिख अफ्रिकी पुरूष टेल निकर्स प्रहरीको हिंसात्मक कानुन प्रवर्तनबाट मारिएको भिडियो सार्वजनिक गरेको छ। भिडियो जारी भएपछि अमेरिकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनी गरेर अमेरिकामा गम्भीर प्रहरी हिंसात्मक कानुन प्रवर्तन र जातिवाद समस्याको निन्दा भएको छ।

मेम्फिस नगरमा स्थानीयहरूले भेला भएर अन्तर्राज्य पुललाई कब्जा गरी सम्बद्ध प्रहरीलाई कडा सजाय दिन माग गरेका छन्।

राजधानी वाशिङ्टनमा विरोधीहरूले ह्वाइट हाउसबाहिर भेला भएर विरोध गरेका छन्। न्युयोर्कमा धेरै सर्वसाधारणले टाइम्स चोकमा प्रहरी हिंसात्मक कानुन प्रवर्तनको विरुद्धमा नारा लगाउँदै विरोध गरेका छन्। केही विरोधीको प्रहरीसँग द्वन्द्व भएको छ। तीमध्ये कम्तिमा ३ जनालाई पक्राउ गरिएको छ। अमेरिकामा प्रति २८ घण्टामा कम्तिमा १ जना अल्पसंख्यक नागरिक प्रहरी वा जातिवादीबाट मारिने गरेका छन्। यसबाट लगभग हरेक राति एक “निकर्स” मारिएको अर्थ देखिएको छ।

प्रहरी सिस्टमभित्र गम्भीर जातिवाद समस्या देखिनुका पछाडि धेरै कारण रहेको धेरैको ठहर छ। त्यसैले अल्पसंख्यकलाई अध्यधिक हिंसा प्रयोग गर्ने संस्कृतिको सुधार गर्नु नै अमेरिकी प्रहरी प्रणालीमा गर्नै पर्ने सुधार हो।