रमाइलो वसन्त चाडबाट विश्व अर्थतन्त्रलाई प्रोत्साहन
2023-01-29 15:43:38cri
Share with:

यस वर्षको वसन्त चाडमा चीनको आन्तरिक पर्यटकको संख्या ३० करोड ८० लाख पुगेको छ भने आन्तरिक पर्यटन आय ३ खर्ब ७५ अर्ब ८४ करोड ३० लाख चिनियाँ युआन पुगेको छ। यो गत वर्षको भन्दा क्रमशः २३.१ प्रतिशत र ३० प्रतिशत बढेको छ। वसन्त चाडको कुल स्टक मार्केट ६ अर्ब ७५ करोड ८० लाख चिनियाँ युआन पुगेको छ भने गत वर्षको तुलनामा ११.८९ प्रतिशत बढेको छ। अध्यागमन संख्या पनि १२०.५ प्रतिशत बढेको छ। यी तथ्याङ्क नै चीनले सार्वजनिक गरेको खरायो वर्षको वसन्त चाड विदा अवधिको पछिल्लो तथ्याङ्क हो जुन चिनियाँ नयाँ वर्षमा चीनको अर्थतन्त्रलाई निकै प्रोत्साहित गरेको छ।

यस वसन्त चाड चीनको महामारी नियन्त्रण नयाँ अवधिमा प्रवेश भएपछिको पहिलो वसन्त चाड हो। उल्लिखित तथ्याङ्कले चीनको बढ्दो खपत संभावना देखाएको छ। अमेरिका उपभोक्ता समाचार र वाणिज्य च्यानलको वेभसाइटका अनुसार, दृश्यावलोकन क्षेत्र, रेस्टुराँ, होटेलमा भीडभाड भएसँगै दमित माग बाहिर निस्कदैछ।

यसका साथै झनै बढी चिनियाँ पर्यटकले विदेश भ्रमणमा गएका छन्। थाहा भएअनुसार, वसन्त चाड अवधिमा विदेशमा घुम्ने चिनियाँको अडर गत वर्षको तुलनामा ६४० प्रतिशतले बढेको छ। विदेशी मिडियाका अनुसार, लाखौँलाख चिनियाँ पर्यटक पुगेपछि विश्वका होटेल, पर्यटन उद्योग, वाणिज्य उद्योग स्थिर रूपमा पुनःरूत्थान हुन थालेका छन्।
हाल अन्तर्राष्ट्रिय वातावरणमा जटिल परिवर्तन भइरहेको छ भने चीनको आर्थिक पुनःरूत्थानको आधार पनि दृढ छैन। त्यसैले आर्थिक समग्र सुधार गर्न अरू बढी प्रयास गर्नुपर्छ। सन् २०२३ आर्थिक बृद्धिलाई बढाउने चिनियाँ जनताको विश्वास रहेको छ। वसन्त चाडको उपभोगको उल्लेखनीय प्रदर्शन नै असल सुरूवात हो जुन शितललहरमा रहेको विश्व अर्थतन्त्रलाई न्यानो हावा साबित भएको छ।