वसन्त चाडद्वारा विश्वले चिनियाँ अर्थतन्त्र बुझ्ने मौका
2023-01-29 16:12:25cri
Share with:

भर्खरै गएको चिनियाँ वसन्त चाडले केही व्यक्तिको विचारलाई परिवर्तन गराएको छ। वसन्त चाडअघि चीनको महामारी नीतिको सुधार भएबाट चीनको अर्थतन्त्रको पुनःरूत्थानबारे केही विदेशी मिडियाले प्रश्न उठाइएका थिए। न्यूयोर्क टाइम्सले चीनसमक्ष दुःख तथा जटिल आर्थिक पुनःरूत्थानको बाटो देखिएको उल्लेख गरेको छ। तर वसन्त चाड अवधिमा चीनको अर्थभन्त्रको रमाइलो वातावरणले विश्वको स्वागत र अपेक्षा आकर्षित गरेको छ।

 संयुक्त राष्ट्र संघले जनवरी २५ तारिख पछिल्लो प्रतिवेदन सार्वजनिक गरी सन् २०२३ मा चीनको आर्थिक बृद्धि दर अझ तीब्र हुने र क्षेत्रीय आर्थिक बृद्धिलाई बढाउने पूर्वानुमान गरेको छ।

 

विश्वका धेरै मुलुकले महामारी रोकथाम गर्न नसकेका बेला चीन कडा नियन्त्रण नीतिमा अडिग रहेर सबभन्दा उत्तम संसोधन समय पर्खिएको थियो। विश्वमा महामारीबाट मृतकको संख्या ह्वाटै बढेको बेलामा चीनले सकेसम्म जनताको जीवन र स्वास्थ्यको सुरक्षा गरेको छ। विकसित आर्थिक समूह आर्थिक मन्दी देखिएका बेला चीनले मध्यम मुद्रास्फितिको कायम गरेको छ भने ३ वर्षमा आर्थिक औसष बृद्धि दर विश्वको भन्दा धेरै पुगेको छ। आर्थिक प्रभावलाई अधिकतम् घटाएको छ। नयाँ वर्ष चीन अझ स्थिर र दृढ रूपमा अघि बढ्दै छ।