गत वर्ष चीनको सेवा व्यापारको आयात निर्यातको कुल रकम सन् २०२१ को तुलनामा १२.९ प्रतिशतले वृद्धि
2023-01-30 15:45:24cri
Share with:

 

सन् २०२२ मा चीनको सेवा व्यापारले अपेक्षाकृत तीव्र वृद्धिलाई कायम राखेको छ। गत वर्ष सेवा व्यापारको आयात निर्यातको कुल रकम ५९ खर्ब ८० अर्ब १९ करोड चिनियाँ युआन पुगेको छ। यो रकम सन् २०२१ को तुलनामा १२.९ प्रतिशतले वृद्धि भएको चीनको वाणिज्य मन्त्रालयले जनवरी ३० तारिख सार्वजनिक गरेको छ। 

तथ्याङ्कका अनुसार, सन् २०२२ मा चीनको सेवा सम्बन्धी निर्यात २८ खर्ब ५२ अर्ब २४ करोड चिनियाँ युआन पुगेर १२.१ प्रतिशतले वृद्धि भएको छ। साथै आयातको रकम ३१ खर्ब २७ अर्ब ९५ करोड चिनियाँ युआन पुगेर १३.५ प्रतिशतले वृद्धि भएको छ।

 

यस बाहेक बौद्धिक सेवाको आयात र निर्यात स्थिर रूपमा वृद्धि हुँदै आएको देखिन्छ। तीमध्ये तीव्र गतिले विकसित हुँदै गएको क्षेत्र बौद्धिक सम्पदा अधिकार प्रयोग खर्च, टेलिकम कम्प्युटर र सूचना सेवा रहेका छन्।

 

यसका अतिरिक्त पर्यटन सेवाको आयात र निर्यात निरन्तर रूपमा पुनरूत्थान हुँदै आएको देखिन्छ।