परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा प्यालेष्टाइन र इजरायलको तनावपूर्ण परिस्थितिबारे सम्बद्ध प्रश्नको जवाफ
2023-01-30 15:46:51cri
Share with:

हाल प्यालेष्टाइन र इजरायल बीचको तनावपूर्ण परिस्थिति अझै चर्कंदै आएकाले हिंसात्मक भिडन्त पनि बारम्बार देखा परेका छन्। हाल चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयबारे पत्रकारद्वारा सोधिएको पत्रकारको प्रश्नको उत्तर दिनुभएको छ।

 

उहाँका अनुसार, चीनले हाल प्यालेष्टाइन र इजरायल बीच चर्कंदै आएको तनावपूर्ण परिस्थितिमाथि निकै ध्यान दिएको छ साथै सर्वसाधारणलक्षित सबै खाले आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

 

प्रवक्ताका अनुसार, अन्तर्राष्ट्रिय समाजले सक्दो प्रयासमार्फत प्यालेष्टाइन र इजरायल बीचको सम्झौता वार्ताको पुन:आरम्भका लागि उचित वातावरण सिर्जना गर्नुपर्छ। चीनले निरन्तर रूपमा प्यालेष्टाइन समस्याको सम्पूर्ण, निष्पक्ष र स्थिर रूपमा समाधानका लागि अथक प्रयास गर्दै जाने पनि जोड दिइएको छ।