आयरल्याण्डका युवा मा स्युको तीन महिनाको चीन बसाइको कथा-२
2023-01-30 09:49:47cri
Share with:

पैचिङ विश्वविद्यालयबारे चर्चा गर्दा मा स्युलाई धेरै गौरव लागेको छ। यहाँका सुन्दर वातावरण, फराकिलो एवम् उज्यालो कक्षा कोठा, विशाल पुस्तकालय र पढाईका लागि उन्नतिशील उपकरणहरुले मा स्युको अध्ययनकालागि आनन्ददायी वातावरण सिर्जना गरेको छ। चिनियाँ विद्यार्थीहरुको मिहिनेतले मा स्युलाई पनि हौसला दिएको छ। विश्वविद्यालयमा मा स्युले धेरै चिनियाँ साथीहरु चिनेका छन्। उनीहरुले मा स्युको चीन बसाइमा ठूलो सहायता पुर्‍याएका छन्।

मैले धेरै चिनियाँहरुलाई साथी बनाएँ। विदेशीहरुका लागि चिनियाँ साथी बनाउनु सबैभन्दा महत्वपूर्ण रहेको मलाई लाग्छ। किनभने उनीहरुसँग चिनियाँ भाषा बोल्नुका साथै उनीहरुबाट चीनबारे अरु गहन जानकारी पाउन सकिन्छ। चिनियाँहरुसँग भेट्नु र साथी बनाउनु मेरो चीन आउनुको सबैभन्दा ठूलो उद्देश्य हो। चिनियाँ युवायुवतीहरु निकै आशावादी र उत्साहजनक हुन्छन्। मेरा चिनियाँ साथीहरुको अध्ययन क्षमता निकै राम्रो छ। अरु विदेशी विद्यार्थीहरुको तुलनामा मैले धेरै मिहिनेत गरेको छु जस्तो लाग्छ।

अरु विदेशी विद्यार्थीहरु जस्तै मा स्यु पनि चीनको परम्परागत संस्कृति मन पराउँछन्। सानो उमेरदेखि आयरल्याण्डको परम्परागत वाद्ययन्त्र बाँसुरी सिकेका मा स्युले फुर्सदमा चीनको परम्परागत वाद्ययन्त्र बाँसबाट बनाइएको बाँसुरी बजाउन सिकेका छन्। कहिलेकाहीँ उनले यी दुई प्रकारका वाद्ययन्त्रबाट चीन र आयरल्याण्डको परम्परागत धून बजाउँछन्। उनको भनाई अनुसार, दुई देशका सङ्गीत बीचको आदान प्रदानको क्रममा नयाँ चिज उत्पन्न हुने छ, यो दुई देश बीचको सहयोगमार्फत अरु ठूलो विकास हुने जस्तै हो।

चीनको परम्परागत सङ्गीतप्रति मेरो धेरै चासो छ। किनभने मैले सानो उमेरमा आयरल्याण्डको परम्परागत वाद्ययन्त्र बाँसुरी बजाउन सिकेको थिएँ। तर चीन र आयरल्याण्डको परम्परागत सङ्गीत तथा वाद्ययन्त्र बीचमा धेरै समानता रहेको मैले पाएँ। यद्यपि हामी दुई मुलुक बीचको दूरी धेरै टाढा छ। मैले आयरल्याण्डको बाँसुरीबाट चिनियाँ धून बजाउन सक्छु। चीनको बाँसुरीबाट आयरल्याण्डको परम्परागत सङ्गीत पनि बजाउन सकिन्छ। दुई देश बीचको सहयोगमा अरु राम्रा नतिजाहरू प्राप्त हुने छन्।

मा स्युको मुख्य विषय अर्थशास्त्र र व्यवस्थापन हो। भविष्यमा दुई मुलुकले विज्ञान तथा प्रविधि, वातावरणीय संरक्षण र शिक्षा लगायत क्षेत्रमा व्यापक सहयोग गर्न सक्ने ठहर गरेका छन्।

आयरल्याण्ड र चीन बीचको सहयोगका लागि धेरै अवसर छन्। विशेष गरी वातावरणीय संरक्षण तथा उच्च प्रविधि क्षेत्रमा। आयरल्याण्ड युरोपेली संघको एउटा सदस्य हो। यहाँका कम्पनीहरुले युरोपेली संघको न्युनतम कर तिर्छन्। अर्को कुरा आयरल्याण्ड एउटा सानो मुलुक भएकोले हाम्रो आन्तरिक बजार ठूलो छैन। त्यसैले आयरल्याण्डका कम्पनीहरुका लागि चीनमा ठूलो बजार पाउन सक्ने छन्।