यो वसन्त चाडमा विश्वले एक जीवन्त शक्ति र खुशीयालीयुक्त चीन देख्योः चीनको परराष्ट्र मन्त्रालय
2023-01-30 18:23:01CRI
Share with:

जनवरी ३० तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। पत्रकारले सोधेको प्रश्नअनुसार, चालू वर्षको वसन्त चाडमा घुम्न विदेश गएका चिनियाँ पर्यटकहरूको संख्यामा स्पष्ट रुपमा वृद्धि भएको छ। धेरै मुलुकहरूले चिनियाँ पर्यटकको स्वागत गरेका छन्। 

प्रवक्ता माउकाअनुसार, तथ्यांकअनुसार, चालू वर्षको वसन्त चाड अवधिमा विदेश गएका चिनियाँहरूको संख्या मानिसको हिसाबबाट हेर्दा २८ लाख ७० हजारभन्दा बढी पुगेको छ। विभिन्न मुलुकले चिनियाँ पर्यटकको स्वागत गरेको छ। थाइल्याण्डका उप प्रधानमन्त्रीले चिनियाँ पर्यटकको स्वागत गर्न विमानस्थल जानुभयो। फिलिपिन्सका पर्यटन मन्त्रीले चीनले फिलिपिन्सलाई विदेशी पर्यटन टोलीको गणतान्त्रिक मुलुकहरूमध्येको एकको रुपमा राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो। 

माउले चालू वर्षको वसन्त चाडमा विश्वले जीवन्त शक्ति र खुशीलायी रहेको चीन देखेको कुरा बताउनुभयो।