सीएमजीको टिभी कार्यक्रमलाई थाइल्याण्डको गोल्डेन जिनारी पुरस्कार
2023-01-31 15:40:09cri
Share with:

 

हालै चाइना मिडिया ग्रुप मातहतको एशिया अफ्रिका क्षेत्रीय भाषा कार्यक्रम केन्द्र र थाइल्याण्डको नेशनल टेलिभिजन स्टेशनले संयुक्त रूपमा निर्माण गरेको “चीनको सर्वेक्षण” शीर्षकको टिभी कार्यक्रमले आठौँ थाइल्याण्ड गोल्डेन जिनारी पुरस्कार अन्तर्गत सबैभन्दा उत्कृष्ट टिभी कार्यक्रम पुरस्कार प्राप्त गरेको छ। यो पुरस्कार थाइल्याण्डेली टेलिभिजन क्षेत्रको सर्वोकृष्ट पुरस्कारमध्येको एक हो। सो पुरस्कार विदेशी मिडिया संस्थालाई वितरण गरिएको यो पहिलो पटक हो।

 

थाइल्याण्डेली संयोजन पक्षका अनुसार, त्यस कार्यक्रमले थाइल्याण्डेली दर्शकसमक्ष साँचो रूपमा चीनबारे जानकारी दिने झ्याल खोलेकोले त्यसको सामाजिक मूल्य एकदमै उच्च छ। 

“चीनको सर्वेक्षण” शीर्षकमा रहेको टिभी कार्यक्रम सन् २०२२ को अप्रिलमा औपचारिक रूपमा प्रसारण गरिएको थियो। त्यस कार्यक्रममा म चीनमा बस्छु, चीनमाथि नजर र चिनियाँ संस्कृतिको सर्वेक्षण यी तीनवटा विषय समावेश छन्।

 

त्यस कार्यक्रमलाई थाइल्याण्डेली दर्शकहरूले निकै मन पराएका छन्।