#अल्पसंख्यकजाति# वुयीङ म्याउ जातीय गाउँमा विशेष कक्षा
2023-01-31 11:35:51cri
Share with:

दक्षिण-पश्चिमी चीनको क्वाङसी च्वाङ जातीय स्वायत्त प्रदेश र क्वी चौ प्रान्तलाई जोड्ने पहाडी क्षेत्रमा वु यीङ नामक म्याउ जातीय गाउँ छ। उक्त गाउँमा १४५ परिवारका लगभग ७०० जना गाउँलेहरू बस्दछन्। म्याउ जातीय भाषामा वुयीङको अर्थ सुन्दरी बेहुली हुन्छ। गाउँमा पहिलाका सुन्दरी बेहुलीको उमेर हाल चालीस वर्षभन्दा बढी भइसक्यो। अर्थतन्त्र, परम्परागत धारणा र भौगोलिक वातावरणलगायत कारणले यी महिलाहरू शिक्षा लिएका थिएनन्। उनीहरूले बाल्यकालमा परिवारलाई सहयोग गर्दा पशुपालन गर्नुका साथै बहिनी-भाइको हेरचाह गर्नुपर्थ्यो। त्यसैले उनीहरूका लागि शिक्षा लिनु  साकार तुल्याउन नसक्ने सपना मात्र थियो।

 

चालू वर्ष ल्याङ चुयिङ ४६ वर्षकी हुनुहुन्छ। जेठी छोरी भएका हुनाले सात वर्षको उमेरदेखि उहाँ परिवारको काम गर्न थाल्नु भएको हो। अरू बालक पढ्ने दृश्य हेरेर उहाँलाई इर्ष्या लाग्थ्यो। कहिले काहीं उहाँले भाइ बोकेर कक्षा भवनबाहिर चुपचापसँग सुन्न जानु हुन्थ्यो। विहानदेखि रातिसम्म व्यस्त भएर समय बितेको दर्शनौ वर्ष भइसक्यो।

क्रमशः ल्याङ चुयिङ हुर्किएर विवाह गरेर बच्चा जन्माउनु भएको छ। समय बितेर ३० वर्ष पछाडि गइसक्यो। सो अवसरमा गरिबी निवारणको विकासका साथसाथै वुयीङ म्याउ जातीय गाउँमा पनि धेरै परिवर्तन भएको छ। पहाडी क्षेत्रमा बालिकाको शिक्षा अवस्था क्रमशः सुधारिदैआएको छ।   

 

सन् २०२० को मार्चदेखि स्थानीय सरकारले वु यीङ म्याउ जातीय गाउँमा शिक्षा तालिम सुरू गरेर म्यान्डारिन, नृत्य तथा संगीत लगायत तालिम दिन थालेको छ। ल्याङ चुयीङ र उहाँका साथीहरूले बल्ल यो उमेरमा आएर कक्षामा प्रवेश गरेर पढ्ने सपना पूरा गर्नु भएको छ।

 

फान मुच गाउँबाट विश्वविद्यालयमा भर्ना भएका विद्यार्थी हुनुहुन्छ। उहाँ तालिम कक्षाका शिक्षिका बन्नु भएको छ। उहाँले भन्नुभयो

“पढ्ने सपना बीउ जस्तै आमाहरूको मनमा दर्शनौं वर्षसम्म लुकेको छ। उनीहरू विहान काम गरेर ज्यादै थकाइ लाग्यो। तर रातिमा पनि पढ्न अडिग लगेका छन्। उनीहरूले पर्व मनाउँदै जस्दै नयाँ लुगा पनि लगाएका छन्।”

 

“छिटै फर्कनका लागि हरेक दिन म छिटै काम सुरू गर्छु। त्यसपछि नुहाएर खाना खाएर पढ्न थाल्छु।“ ल्या चुयीङले भन्नुभयो।

 

ल्याङ चुयीङलाई प्रोत्साहन गर्नका लागि लोक्ने बु शनछाङले रातका सबै काम गर्ने गर्नु भएको छ। उहाँले आफ्नी श्रीमतीलाई नयाँ लुगा पनि किनिदिनु भएको छ। ल्याङ चुयीङ तालिम कक्षामा सबै मिहनती मान्छे हुनुहुन्छ।

 

 पहिला ल्याङ चुयीङलाई पढ्न-लेख्न आउदैनथ्यो। त्यसैले उहाँ अरूसँग कुराकानी गर्न मन लाग्दैनथ्यो। हाल उहाँ अझै आत्मविश्वासिलो बन्दै जानु भएको छ। गत वर्ष पहाडबाट बाहिर नगएकी ल्याङ चुयीङ र उहाँका साथीहरू पहिलोपटक शहर जानु भएको छ। उहाँहरू शहरमा निरीक्षण गर्दा समुद्रमा यात्रा गरेको जस्तो अनुभव भएको सुनाउनुहुन्छ। यात्रामा उहाँहरूले पहाडबाट बाहिरी संसारको अवलोकन गर्नु भएको छ।

 

हाल ल्या चुयीङले दैनिक रूपमा वीच्याट र फोनद्वारा व्यापारीसँग विक्री मामिलाबारे कुराकानी गर्नुहुन्छ। उहाँले साथीहरूसँग छोटो भिडियो खिचेर वुयीङको रीतिरिवाज र पहाडको सुधारबारे जानकारी दिनु भएको छ।