केही मुलुकले चिनियाँ यात्रुहरूलाई सिमाप्रवेशमा सीमितताका कदम चालेकोमा चीनद्वारा जवाफी कदम
2023-01-31 16:53:20CRI
Share with:

जनवरी ३१ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। पत्रकारले सोधेको प्रश्नअनुसार, चीन सरकारले दक्षिण कोरियाबाट चीन जाने यात्रुहरूलाई पीसीआर परिक्षण गर्नेबारे ठोस सूचना दिन सक्नुहुन्छ? 

प्रवक्ता माउले चीनले कोरोना भाइरस नीति सामान्जस्य गरे यता केही मुलुकहरूले चीनबाट जाने यात्रुहरूलाई सिमानामा प्रवेश गर्न सीमित पार्ने अवैज्ञानिक कदम चालेको, चीनले सबैभन्दा सदिच्छाले सम्बन्धित मुलुकसँग आदान-प्रदान गरेको, चीनको महामारी रोकथाम कदम सामन्जस्य गरेको अवस्था र चीनको महामारी परिस्थितिबारे ठोस जानकारी दिएको, तर केही मुलुकले सधैं नै चिनियाँ यात्रुहरूलाई सिमानामा प्रवेश गर्न सीमित गर्ने कदम चालेकोले चीनले यसको कडा विरोध गर्दै आवश्यक जवाफी कदम चाल्ने कुरा बताउनुभयो। 

माउकाअनुसार, चीनले विभिन्न मुलुकसँग मिलेर चिनियाँ र विदेशीको वैधानिक आवत-जावतका लागि सुविधा उपलब्ध गराउने छ।