चीनको पर्यटन व्यवसायले जीवन्त शक्ति देखाएको
2023-01-31 10:04:16cri
Share with:

चीनको खरायो वर्षको वसन्त चाडमा महामारीबाट तीन वर्ष प्रभावित पर्यटन व्यवसायको पुनरूत्थान भएको छ। चीनका विभिन्न पर्यटन गन्तव्यमा मानिसको भीड सँगसँगै विविध बजारको कारोबार पनि पुनरूत्थान भएको छ। यसबाट चिनियाँहरूको उपभोगको मात्रा देखाइएको छ।

वसन्त चाडको सात दिने अवधिमा चीनको आन्तरिक पर्यटन गर्नेको संख्या ३० करोड ८० लाख पुगेर गत वर्षको सोही अवधिको तुलनामा २३.१ प्रतिशतले वृद्धि भएको छ साथै आन्तरिक पर्यटनको आय गत वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ।

वसन्त चाड अवधिमा चीनको पर्यटन र होटेल व्यवसायको पनि द्रुत गतिले पुनरूत्थान भएको छ। चीनको राष्ट्रिय कर विभागको तथ्याङ्क अनुसार, वसन्त चाड अवधिमा पर्यटन र सम्बन्धित सेवा व्यवसायको विक्री आय गत वर्षको सोही अवधिभन्दा १.३ गुणाले वृद्धि भएको छ।