राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हङ्गेरी-चीन बहुभाषा विद्यालयका विद्यार्थीलाई जवाफी चिट्ठी
2023-01-31 15:36:13cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङ्गेरीको हङ्गेरी-चीन बहुभाषा विद्यालयका विद्यार्थीलाई जवाफी चिट्ठी पठाउँदै चीनबारे अझ बढी जानकारी लिनुका साथै चीन हङ्गेरी मैत्रीपूर्ण कार्यको बिँडो थाम्न तथा विकास गर्न हङ्गेरीका किशोर किशोरीलाई प्रोत्साहन गर्नुभएको छ।

 

आफ्नो चिट्ठीमा राष्ट्राध्यक्ष सीले चीन र हङ्गेरी दुवै देशले लामो इतिहास र रङ्गीचङ्गी संस्कृति बोकेकाले दुवै देशका जनता बीच पम्परागत मित्रता र सांस्कृतिक आदान प्रदान दिनप्रति दिन घनिष्ट हुँदै आएकोमा जोड दिनुभएको छ।

 

चालु वर्षको वसन्त चाडअघि उक्त विद्यालयका दुईजना विद्यार्थीले समस्त विद्यार्थीहरूको तर्फबाट राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती प्राध्यापक फङ ली युआनलाई चिट्ठी पठाउँदै चिनियाँ रीतिरिवाज अनुसार वसन्त चाडको शुभकामना व्यक्त गरेका थिए। साथै उनीहरूले चीनका विश्वविद्यालयमा भर्ना हुन र हङ्गेरी चीन मित्रतालाई योगदान गर्ने शुभेच्छा पनि प्रकट गरेका थिए।