पाकिस्तानी मस्जिदमा भएको विस्फोटनप्रति चीनद्वारा दुःख व्यक्त
2023-01-31 16:48:39CRI
Share with:

जनवरी ३१ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। पत्रकारले सोधेको प्रश्नअनुसार, पाकिस्तानको पेशावार शहरको एक मस्जिदमा जनवरी ३० तारिख विस्फोट भएको थियो जसबाट धेरैको हताहती भएको छ। पाकिस्तानले उक्त घटनालाई आतंकवादी हमला भएको दावी गरेको छ। 

प्रवक्ता माउले चीनले उक्त घटनाको कडा निन्दा गर्नुका साथै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।   

माउले चीनले जुनसुकै तरिकाको आतंकवादको कडा विरोध गरेको बताउँदै पाकिस्तानले आतंकवादमाथि प्रहार गर्न, राष्ट्रिय स्थिरताको संरक्षण गर्न र जनधनको सुरक्षाका लागि गर्ने प्रयासप्रति समर्थन दिने बताउनुभयो।