अमेरिकाले न्युनतम रेखा र कुनै कारणबिना चिनियाँ व्यवसायमाथि दबाव लगाएकोमा चीनको कडा विरोध
2023-02-01 15:05:19cri
Share with:

अमेरिकाले राष्ट्रिय सुरक्षा भन्ने अर्थलाई बङ्ग्याउँदै देशको शक्तिको दुरूपयोग गरी कुनै पनि न्युनतम रेखा र कुनै कारणबिना जथाभावी रूपमा चिनियाँ व्यवसायमाथि दबाव लगाएकोमा चीनले कडा विरोध गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ३१ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

 

प्रवक्ता माउका अनुसार, अमेरिकाको कारवाई बजारमूलक आर्थिक सिद्धान्त र अन्तर्राष्ट्रिय आर्थिक-व्यापारिक नियम विपरित भएकाले अमेरिकी वाणिज्य कारोबार वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय समाजको विश्वासलाई हानी पुर्याएको छ। त्यो साँच्चिकै वैज्ञानिक र प्राविधिक प्रभुत्व नै हो। चीनले निरन्तर रूपमा दृढताका साथ चिनियाँ व्यवसायको उचित वैधानिक हक अधिकारको संरक्षण गर्दै जाने पनि प्रवक्ता माउले जोड दिनुभएको छ।