रमणीय चीन: रङ्गीचङ्गी सिम्सार क्षेत्र
2023-02-01 15:03:40cri
Share with:

 

फेब्रअरी २ तारिख २७ औँ विश्व सिम्सार दिवस हो। हाल चीनको सिम्सार क्षेत्रको कुल क्षेत्रफल ६ करोड ६० लाख हेक्टरभन्दा बढी पुगेको छ। तीमध्ये प्राकृतिक सिम्सार क्षेत्रको क्षेत्रफल २ करोड ८० लाख हेक्टर हुनुका साथै ९०१ वटा राष्ट्रिय सिम्सार पार्क र ६ सयभन्दा बढी सिम्सार प्राकृतिक संरक्षण क्षेत्र रहेका छन्। यसका अतिरिक्त जम्मा १३ वटा शहरलाई सिम्सार सन्धिमा मनोनित अन्तर्राष्ट्रिय सिम्सार शहरको नामावलीमा समावेश गरिएको छ।

 

चीनका सिम्सार क्षेत्रमा विविधता पनि पाइन्छ। उच्च पहाडी क्षेत्रमा मात्र नभइ समुद्र तटवर्ती क्षेत्रमा पनि सिम्सार क्षेत्र रहेका छन्। सिम्सार सन्धिमा उल्लेखित सबै प्रकारका सिम्सार चीनमा देख्न पाइन्छ। त्यसैगरी चीनका सिम्सार क्षेत्रमा रङ्गीचङ्गी जैविक वस्तुहरू पनि हुर्कने गरेका छन्।