सी चिनफिङद्वारा पाकिस्तानको पेशावरमा भएको आतंकवादी हमलाप्रति पाकिस्तानी राष्ट्रपति अल्वीलाई समवेदना सन्देश
2023-02-01 18:42:56CRI
Share with:

फेब्रुअरी १ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पाकिस्तानमा भएको गम्भीर आतंकवादी हमलाबारे पाकिस्तानी राष्ट्रपति अरिफ अल्वीलाई  समवेदना सन्देश पठाउनुभएको छ। 

सीले पाकिस्तानको पेशावारमा भएको हमलाका कारण धेरै हताहती भएको कुरा थाहा पाएको बताउँदै चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै घाइतेहरूप्रति समवेदना व्यक्त गर्नुभयो। 

सीले चीनले कुनै पनि आतंकवादको कडा विरोध गर्दै उक्त घटनाको कडा निन्दा गर्नुभयो। यसका साथै सीले चीनले पाकिस्तानलाई राष्ट्रिय आतंकवाद विरोधी कारवाही योजना अगाडि बढाउन, सामाजिक स्थिरताको संरक्षण गर्न र जनताको सुरक्षाको संरक्षण गर्न निरन्तर रुपमा समर्थन दिने, पाकिस्तानसँग आतंकवाद प्रतिरोधको सहयोगलाई सबल पार्ने र क्षेत्रीय तथा विश्वको शान्ति र सुरक्षाको संयुक्त रुपमा संरक्षण गर्ने कुरा बताउनुभयो।