चीनले विश्व अर्थतन्त्रका लागि विश्वास र शक्ति थप्नेः चीनको परराष्ट्र मन्त्रालय
2023-02-01 16:56:31CRI
Share with:

हाल संयुक्त राष्ट्र संघले “सन् २०२३ विश्व अर्थतन्त्रको स्थिति र आउटलुक”प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनअनुसार, सन् २०२३मा विश्व अर्थतन्त्रको बृद्धि गति घटेर १.९ प्रतिशत हुने पृष्ठभूमिमा चीनको अर्थतन्त्रको बृद्धि गति ४.८ प्रतिशत पुग्ने छ। हाल अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको “विश्व अर्थतन्त्रको आउटलुक प्रतिवेदन”ले पनि चालू वर्ष चीनको आर्थिक बृद्धि दर ५.२प्रतिशत पुग्ने अनुमान गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले फेब्रुअरी १ तारिख नियमित पत्रकार सम्मेलनमा हाल मोर्गन स्टान्ली, गोल्डम्यान साच लगायतका  बहुर्राष्ट्रिय लगानी संस्थानहरूले सन् २०२३मा चीनको आर्थिक बृद्धि गतिको प्रक्षेपणलाई परिमार्जन गरेको कुरा बताउनुभयो। 

माउले चीन चीनको आर्थिक विकासको भविष्यप्रति आशावादी भएको, चालू वर्षमा चीनले विश्व अर्थतन्त्रलाई निरन्तर रुपमा विश्वास र शक्ति थप्ने कुरा बताउनुभयो।