राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोको दोस्रो सामूहिक प्रशिक्षणलाई सम्बोधन
2023-02-01 16:27:35CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले जनवरी ३१ तारिख दिउँसो नयाँ विकास बनौटको सिर्जनाका लागि गतिप्रदान  विषयबारे दोस्रो सामूहिक प्रशिक्षणको आयोजना गरेको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो कार्यशालाको अध्यक्षता गर्नुभयो। उहाँले नयाँ विकास बनौटको सिर्जना गर्न गति प्रदान गर्नु विकास र सुरक्षा सुव्यवस्थित पारेपछि प्रस्तुत गरेको रणनीतिक निर्णय भएको व्यक्त गर्नुका साथै नयाँ विकास बनौटको सिर्जना गर्न गति प्रदान गरे मात्र चीनको आर्थिक विकासको जग सुदृढ पार्नसकिने, विकासको सुरक्षा र स्थिरता बलियो पार्न सकिने, समाजवादी आधुनिकीकरण शक्तिशाली मुलुकको लक्ष्य सफलताका साथ साकार तुल्याउन सकिने कुरा बताउनुभयो।