नेटोले एसिया–प्रशान्त क्षेत्रको नियन्त्रण गर्न सक्दैन
2023-02-01 17:07:23CRI
Share with:

जनवरी ३१ तारिख बेलुकी, जापानको भ्रमणमा रहनुभएका नेटोका महासचिव जेन्स स्टोलटेनबर्ग र जापानी प्रधानमन्त्री फुमियो किशिदाले संयुक्त वक्तव्य जारी गर्दै दुवै पक्षले सामुद्रिक सुरक्षा, साइबर स्पेस, हातहतियार नियन्त्रण लगायतका क्षेत्रमा सहकार्य गर्ने जनाउनुभयो। सोही अवसरमा, चीनको सैन्य शक्ति तथा थाइवान समस्याबारे पनि उहाँहरूले चर्चा गर्नुभयो। बितेका करिब ६ वर्षमा नेटोका महासचिवको यो पहिलो जापान भ्रमण हो र जापान तथा नेटो "द्रूत गतिमा नजिकिँदैछन्" भन्ने कुरा जापानी सञ्चार माध्यमले उल्लेख गरेका छन्।

 

यसअघि दक्षिण कोरियाको भ्रमणका क्रममा स्टोलटेनबर्गले पनि चीनमाथि औंला उठाउनुभएको थियो। पश्चिमी मूल्य,  हित र सुरक्षा क्षेत्रमा चीनले चुनौती खडा गरेको दाबी पनि उहाँले गर्नुभयो। अमेरिकाको तथाकथित 'इन्डो–प्यासिफिक रणनीति'को चपेटामा परेको शीतयुद्धको उपज नेटोले नै चीनलाई एसिया–प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने बहानाका रूपमा प्रयोग गर्दै शीतयुद्धको भूत ल्याएको देखिन्छ। यस्तो गतिविधिले गर्दा एसिया–प्रशान्त क्षेत्रमा उच्चस्तरको सतर्कता अपनाउनु आवश्यक छ। 

तर, आजकल समयले त्यागेको शीतयुद्धको उपजको रूपमा, नेटोले आफ्नो जीवन जारी राख्न जताततै तथाकथित सुरक्षा धम्कीहरूलाई फैलाउँदै जापान र दक्षिण कोरियासँग बारम्बार अन्तरक्रिया गरिरहेको छ। तर यस्ता गतिविधि केवल राजनीतिक प्रदर्शन मात्र हो र यसको व्यावहारिक महत्व भन्दा यसको प्रतीकात्मक महत्व ठूलो रहेको देखिन्छ।

 

नेटो एसिया–प्रशान्त क्षेत्रमा समस्या सिर्जना गर्न चाहन्छ, तर यसले प्रभाव पार्न सक्दैन। एशिया–प्रशान्त क्षेत्र प्रमुख शक्तिहरूका लागि प्रतिस्पर्धा गर्ने थलो होइन र "नयाँ शीतयुद्ध" भन्ने कुनै पनि कुचेष्टामा एशिया–प्रशान्त क्षेत्रका जनता सहमत हुने छैनन् र हाम्रो यस युगले पनि यसलाई अनुमति दिने छैन।