सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या
2023-02-01 16:12:02CRI
Share with:

अघिल्ला वर्षको तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल  कार्यालयका  अनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले हवाई सेवा लिएका छन् । त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ यात्रुले ओहोर दोहोर गरेका छन्। 

सन् २०२१ को सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ १४ लाख ८२ हजार ३०५ र आन्तरिकतर्फ ३५ लाख ९ हजार ७१८ यात्रुले हवाई सेवा लिएको प्राधिकरणले जनाएको छ । कोरोना महामारीको समय सन् २०२० भरमा अन्तर्राष्ट्रियतर्फ ११ लाख पाँच हजार १५९ र आन्तरिकतर्फ १४ लाख ५७ हजार ५३९ हवाई यात्रुले हवाई सेवा लिएका थिए। कोरोनाअघि सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ३८ हजार ४८२ र आन्तरिकतर्फ ३१ लाख ८८ हजार ४७९ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरेको गोरखापत्र अनलाइनले जनाएको छ। 

तथ्याङ्कअनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ १२ हजार १५४ उडान र १२ हजार १५८ अवतरण भएका छन् । उक्त अवधिमा १९ लाख ३१ हजार ५१७ यात्रु विमानस्थलबाट बाहिरिएका छन् भने १५ लाख ५६ हजार ८११ यात्रु भित्रिएको तथ्याङ्कले देखाएको छ। 

त्यस्तैगरी आन्तरिकतर्फ सन् २०२२ मा ५४ हजार १०७ उडान तथा ५४ हजार ९५ अवतरण  भएका  थिए  । आन्तरिकतर्फ उक्त अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ लाख ५५ हजार ५३८ यात्रु बाहिरिएका छन् भने २२ लाख १० हजार ६१४ यात्रु भित्रिएका छन् । 

तथ्याङ्कअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ सन् २०२२ को जनवरीमा दुई लाख ८० हजार ४५, फेब्रुअरीमा एक लाख ८१ हजार ५६१, मार्चमा दुई लाख ५२ हजार ९६४, अप्रिलमा दुई लाख ९६ हजार ९४६, मेमा दुई लाख ९४ हजार ५०९, जुनमा दुई लाख ८० हजार २९१ ले हवाई सेवा लिएका छन् । त्यस्तै दुई लाख ७५ हजार ६२४, अगस्टमा दुई लाख ८१ हजार ६९६, सेप्टेम्बरमा तीन लाख ३९ हजार १३४, अक्टोबरमा तीन लाख ६० हजार सात सय, नोभेम्बरमा तीन लाख ६४ हजार ७२४ र डिसेम्बरमा तीन लाख ५२ हजार १३४ यात्रुले हवाई सेवा लिएका छन् । 

सोही अवधिमा आन्तरिकतर्फ जनवरीमा तीन लाख ५० हजार ७४९, फेब्रुअरीमा तीन लाख ६३ हजार ८३५, मार्चमा चार लाख ३७ हजार १७९, अप्रिलमा चार लाख ११ हजार १४४, मेमा तीन लाख ९७ हजार ८०३, जुनमा तीन लाख ५५ हजार ३०४ ले सेवा लिएका छन् । त्यस्तै जुलाईमा तीन लाख ३२ हजार ९०५, अगस्टमा तीन लाख ३३ हजार ५००, सेप्टेम्बरमा तीन लाख ५६ हजार ३६४, अक्टोबरमा चार लाख २५ हजार ४५, नोभेम्बरमा तीन लाख ५३ हजार १०९ र डिसेम्बरमा तीन लाख ७२ हजार ७१५ यात्रुले हवाई सेवा लिएका छन् ।