अझै बढीलाई चिनियाँ भाषामार्फत् चीन र चिनियाँ सँस्कृतिबारे जानकारी लिन चीनद्वारा स्वागत
2023-02-01 16:59:30CRI
Share with:

केही दिनअघि हङ्गेरीको हङ्गेरी-चीन दोभाषे विद्यालयका विद्यार्थीहरूले राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती प्राध्यापक फङ लीयुआनलाई चिट्ठी पठाउँदै चिनियाँ भाषा सिकाइको अनुभवबारे जानकारी दिनुका साथै भविष्यमा अध्ययनका लागि चीन जाने र हङ्गेरी-चीन मित्रताका लागि योगदान दिने इच्छा व्यक्त गरेका थिए।  

 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले फेब्रुअरी १ तारिख नियमित पत्रकार सम्मेलनमा चीन र हङ्गेरीको दीर्घकालीन इतिहास र सँस्कृति रहेको, दुई मुलुकका जनताको परम्परागत मित्रता रहेको कुरा व्यक्त गर्नुका साथै हङ्गेरीको हङ्गेरी-चीन दोभाषे विद्यालयका विद्यार्थीहरूको चिठ्ठीले मन छोएको कुरा बताउनुभयो।

 माउले हाल राष्ट्राध्यक्ष सी चिनफिङले विद्यार्थीहरूलाई जवाफी पत्र पठाउँदै उनीहरूलाई चीनबारे जानकारी लिन र दुई मुलुकको मैत्री दूत बन्न प्रोत्साहन गर्नुभएको कुरामा जोड दिनुभयो।

माउकाअनुसार, तथ्यांक प्रस्तुत गर्दै सन् २०२१को अन्त्यसम्म विश्वका १८० वटा मुलुक र क्षेत्रमा चिनियाँ भाषा शिक्षा संचालन भएको छ। विदेशमा चिनिषाँ भाषा सिकेका र प्रयोगकर्ताहरुको संख्या करीब २० करोड पुगेको छ। चीनले अझै धेरै मानिसलाई चिनियाँ भाषामार्फत चीन र चिनियाँ सँस्कृतिबारे जानकारी लिन स्वागत गरेको छ।