जनवरी ३१ तारिख वसन्त चाडको लामो बिदा सम्पन्न भएबित्तिकै शान तोङ प्रान्तको थाइ आन शहर मातहतको ताइ युए जिल्लाको ता वन खौ बस्तीमा अवस्थित एउटा हस्तकला छाता कारखाना निकै व्यस्त देखिएको छ। फराकिलो र उज्यालो कारखानामा महिला मजदुरहरू जोडतोडसँग विभिन्न आकार र रङ्गका सुन्दर छाताको निर्माणमा व्यस्त रहेका छन्। ती रङ्गीचङ्गी छाताहरू विदेशी व्यापारीको माग अनुसार बनाइएको हो।
ता वन खौ रङ्गीचङ्गी छाताको २ हजारभन्दा लामो इतिहास छ। यो चीनको परम्परागत बुनाइ कलाको एक प्रतिनिधि पनि हो।
थप बजार विस्तार गर्नका लागि स्थानीय छाता कारखानाले एकातिर आधुनिक डिजाइनलाई परम्परागत बुनाइ कलामा राख्नुका साथै अर्कातिर उनीहरुले देशी र विदेशी नामी विद्युत वाणिज्य व्यापारिक चौतारोमार्फत विशेषतायुक्त विक्री तरिका खडा गरेका छन्। स्थानीय छाता कारखानाले १० भन्दा बढी मुलुक र क्षेत्रसँग आपूर्ति र विक्रीको स्थिर सम्बन्ध पनि स्थापना गरिसकेका छन्।