अन्तरिक्ष स्टेशनमा कसरी शारीरिक व्यायाम गर्ने?
2023-02-03 10:20:41cri
Share with:

वसन्त चाडको अवधिमा चिनियाँहरू धेरै मीठा खानाहरू खान्छन् र चाडपछि शारीरिक व्यायाम अति आवश्यक हुन आउँछ। यसै अवस्थामा, चिनियाँ अन्तरिक्ष स्टेशनका अन्तरिक्ष यात्रीहरूले समेत पनि शारीरिक व्यायाम गर्ने गरेका छन्। चिनियाँ अन्तरिक्ष स्टेशनमा अन्तरिक्ष यात्रीहरूकालागि शारीरिक व्यायाम गर्ने तीनवटा क्षेत्रहरू छन्। जुन क्रमशः  “थ्यान ह” मुख्य केबिन, “वन थ्यान” प्रयोगात्मक केबिन र “मँ थ्यान” प्रयोगात्मक केबिनमा प्रबन्ध गरिएका छन्। हेर्नुहोस्, ती प्रबन्धहरू कस्ता छन्।

 

“शन चौ १५” अन्तरिक्ष यात्री टोली अन्तरिक्ष स्टेशनमा दुई महिनाभन्दा बढी समयदेखि तैनाथ छ। दीर्घकालीन अन्तरिक्ष जीवन राम्रोसँग अनुकूलन गर्न अन्तरिक्ष यात्रीहरूले स्वास्थ्यमा ध्यान दिँदै विशेष शारीरिक व्यायामको उपकरणको प्रयोग गर्दछन्।