सीएमजीको “सन् २०२३ लालटिन महोत्सव साङ्गीतिक गाला” सम्बन्धी पत्रकार सम्मेलनको आयोजना
2023-02-03 15:08:02cri
Share with:

 

फेब्रअरी ३ तारिख चाइना मिडिया ग्रुपको “सन् २०२३ लालटिन महोत्सव साङ्गीतिक गाला” सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। त्यस सम्मेलनमा सम्बद्ध जिम्मेवार व्यक्तिले साङ्गीतिक गालामा प्राविधिक सिर्जनशीलता र कार्यक्रम सिर्जना गर्ने विचारबारे जानकारी दिएका छन्। साथै चाइना मिडिया ग्रुपका उप महानिर्देशक वाङ स्याउ चन सो पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको छ।

 

फेब्रअरी ५ तारिख चिनियाँ पात्रो अनुसार चीनको परम्परागत चाडमध्येको एक अर्थात् लालटिन महोत्सव हुनेछ। चाइना मिडिया ग्रुपले निर्माण गरेको “सन् २०२३ लालटिन महोत्सव साङ्गीतिक गाला” ले लोक गीत, नाटक, कलात्मक जिम्न्यास्टिक, नाचगान र ओपेरा आदि कलात्मक तथा मनोरञ्जनात्मक तरिकामार्फत रङ्गीचङ्गी बत्तीको रमाइलो वातावरणमा लालटिन महोत्सव अर्थात् युआन स्याउ च्ये मनाऔं भन्ने परम्परागत चाडको विशेषताबारे दर्शकसमक्ष देखाउनेछ।

 

चाइना मिडिया ग्रुपले विश्वसमक्ष एउटै समयमा उक्त साङ्गीतिक गालाको प्रसारण गर्दै सँगै मिलेर युआन स्याउ च्येको रमाइलो वातावरणको अनुभव गर्न विदेशी दर्शक र इन्टरनेट प्रयोगकर्ताहरूलाई निमन्त्रणा दिएको छ।