विशेष वसन्त चाड उपहार
2023-02-03 10:07:35cri
Share with:

हालै पूर्वी चीनको चच्याङ प्रान्तको थाइ चौ सहरका सफाई कामदार दम्पतीले एउटा विशेष वसन्त चाड उपहार प्राप्त गरेका छन्। त्यो वसन्त चाड उपहार दम्पतीको फोटो हो। उनीहरूलाई यस उपहार दिने व्यक्ति स्थानीय फोटोग्राफर वाङ च मिन हुन्। उनले निरन्तर तीन वर्षदेखि स्वैच्छिक रूपमा सरसफाई कामदार दम्पतीको वसन्त चाड फोटो खिच्दैआएका छन्।

वाङ च मिङले यी सरसफाई कामदारहरू सहरी सडकमा मिहिनेत र कठिन काम गरेको देखेका छन्। साथै तीन वर्षयता महामारीको प्रभावमा धेरै कामदारहरू जन्मस्थल पनि फर्किन पाएका छैनन्। यसैकारण आफ्नो क्यामेराबाट उनीहरूलाई उनीहरूको वसन्त चाडको फोटो खिचेर नयाँ वर्षको उपहार दिएका छन्।

तीन वर्षमा वाङ च मिनले लगभग ५० सरसफाई दम्पतीलाई वसन्त चाडको फोटो खिचेर उपहार दिएका छन्। वाङको क्यामेरामा यी दम्पतीहरू रातो रङ्गको परम्परागत पोशाककासाथै सुन्दर मुस्कानमा देखिका छन्। वाङ च मिनले यी कामदारलाई फोटोहरू उपहार दिँदा उनीहरूको मुस्कान देखेर वाङलाई निकै खुशी लागेको छ।