चीनको विकास अनुभव जुनसुकै मुलुकद्वारा सिक्न सकिने
2023-02-03 10:23:40cri
Share with:

चीनप्रति चासो लिएका र माया गरेका कारण सात वर्षअघि पाकिस्तानी युवती मिङ चु अध्ययन गर्न पैचिङस्थित छिङ व्हा विश्वविद्यालय आइन्। चीनको कूटनीतिक नीति विषयको मास्टर डिग्री पाएपछि उनले निरन्तर रुपमा चीनमा बस्ने छनौट गरिन्। हाल मिङ चु चीन र विश्वव्यापीकरण केन्द्रमा अध्ययनकर्ता हुन्। उनले अझै धेरै व्यक्तिहरूलाई “बेल्ट एण्ड रोड”को निर्माणमा संलग्न हुन सहयोग पुर्‍याउन सक्ने छिन्।

 

मिङ चुले बुबाका कारण सानो उमेरदेखि नै चीनलाई माया गरेकी थिइन्। गत शताव्दीको असी र नब्बेको दशकमा उनका बुबाले पाकिस्तानी अन्तर्राष्ट्रिय उड्डयन कम्पनीमा काम गर्नुभयो। उनका बुबाले पाकिस्तान र चीनबीच उडानको काम गर्नुहुन्थ्यो बुबाले चीनबाट पाकिस्तान फर्कँदा मिङ चुका लागि चीनको विविध हस्तकलात्मक वस्तु ल्याउनुभयो। सानो उमेरदेखि नै मिङ चुको कोठामा चीनको हस्तकलात्मक वस्तु हुन्थे। मिङ चु र उनका परिवारले चीनको इतिहास र सँस्कृतिप्रति चासो लिएका छन्। मिङ चु भन्छिन् “पाकिस्तानीहरूले चीनको हस्तलिपी,  रेशमलगायतका कलात्मक वस्तु मन पराउँछन्। मेरो घरमा धेरै चिनियाँ कलात्मक वस्तु छन्। बुबाले चीनको ऐतिहासिक अवशेषको अवलोकन गर्नुभएको कथा मलाई सुनाउनुभएको थियो। पाकिस्तानी जनताप्रति चिनियाँ जनताको उत्साह र मित्रताको कथा पनि बुबाले मसँग भन्नुभयो। मेरो विचारमा मेरो परिवार चीनको सँस्कृतिसँग जोडिएको छ। त्यसैले चीन मैले मन पराउने मुलुक हो। म र मेरो परिवारले चीनको इतिहास र सँस्कृतिप्रति चासो लिन्छन्।”

 

सन् २०१५मा मिङ चु चीन आइन्। हालसम्म उनले चीनमा सात वर्षसम्म बसोबास गरेकी छिन्। उनका आँखामा सात वर्षअघि पैचिङ एक जीवन्त शक्ति रहेको ठूलो शहर थियो। तर पैचिङ बसोबास गरेपछि उनले पैचिङको जीवन्त शक्तिको निरन्तर रुपमा अनुभव गरेकी छिन्। उनी भन्छिन्

 “पैचिङ पुग्दा मैले पैचिङको जीवन्त शक्तिको अनुभव गरेँ। मेरो मनमा गहिरो छाप परेको थियो। मैले भनेको सन् २०१५ थियो। मैले पैचिङको जीवन्त शक्ति बढेको देखेँ। पैचिङको जीवनको द्रुत गति र आधुनिकीकरण छ। साथै पैचिङको साँस्कृतिक जग गुमाइएको छैन। चिनियाँहरू मैत्रीपूर्ण हुन् र आत्म विश्वास छ। हालको पैचिङ मेरो बुबा आएको बेलाको पैचिङभन्दा फरक छ।”

 

चीनमा मिङ चुले चीनको कुटनीतिक नीतिको अध्ययन गर्छिन्। अध्ययनकर्ताको हैसियतमा मिङ चुले “बेल्ट एण्ड रोड” सहयोगात्मक परियोजनाले विश्वको विभिन्न मुलुकको विकासका लागि दिएको ठूलो योगदान देखिन्। उनी भन्छिन् “मेरो विचारमा बहुपक्षीयतावाद क्षेत्रमा प्रस्तुत गरेको निर्णय प्रस्ताव र “बेल्ट एण्ड रोड” प्रस्तावको ऐतिहासिक अर्थ रहेको छ। यो वास्तविक समस्याको समाधान गर्ने आशा लिने निर्णय प्रस्ताव हुन्। विगत दश वर्षमा चीनले विश्वसँग आफ्नो अनुभव बाँडेको छ। अरु मुलुकले पनि चीनसँग सिक्ने आशा लिएका छन्। मेरो विचारमा यो चीनले अन्तर्राष्ट्रिय समाजलाई ल्याएको योगदान हो।”