छिन काङ र ७७औं संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष कोरोसीबीच भेटघाट
2023-02-03 16:04:02CRI
Share with:

फेब्रुअरी २ तारिख चिनियाँ परराष्ट्र मन्त्री छिन काङले पैचिङमा ७७औं संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटघाट गर्नुभएको छ। 

छिन काङले वर्तमान संसारमा विश्वव्यापी चुनौती धेरै रहेको बताउँदै  विभिन्न पक्षहरू संयुक्त राष्ट्र संघप्रति आशावादी बनेको बताउनुभयो। साथै उहाँले चीनले संयुक्त राष्ट्र संघीय महासभा र संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्षको कार्यको निरन्तर रुपमा समर्थन दिने कुरा बताउनुभयो।