वाङ यी र ७७औं संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष कोरोसीबीच भेटघाट
2023-02-03 15:41:17CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला आयोगका निर्देशक वाङ यीले  फेब्रुअरी २ तारिख पैचिङमा ७७औं संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटघाट गर्नुभएको छ। 

निर्देशक वाङ् यीले चीनले संयुक्त राष्ट्र संघलाई निरन्तर रुपमा समर्थन दिने, संयुक्त राष्ट्र संघसँग सहयोग गरी विश्व विकास प्रस्ताव र विश्व सुरक्षा प्रस्तावलाई व्यवहारमा उतार्ने, संयुक्त राष्ट्र संघको सन् २०२३ दिगो विकास विषयसूचीलाई अगाडि बढाउने, जल स्रोत साधन, जलवायु परिवर्तन, जैविक विविधताआदि विश्वव्यापी चुनौतीको संयुक्त रुपमा सामना गर्ने आशा लिएको कुरा बताउनुभयो।  

प्रत्युत्तरमा कोरोसीले चीन सरकारले संयुक्त राष्ट्र संघलाई समर्थन दिएको र बहुपक्षीयताको समर्थन दिएकोमा कृतज्ञता ज्ञापन गर्नुका साथै चीनलाई विकासको नयाँ अध्याय उघार्न शुभकामना व्यक्त गर्नुभयो।