नदीका प्रमुखद्वारा नदीको निरीक्षण
2023-02-03 09:45:25CRI
Share with:

शन ता मिङ चीनको आधारभुत तह अर्थात् गाउँस्तरीय नदीका प्रमुख हुनुहुन्छ। उहाँले श्वाङ याङ सी नदीको नान याङ गाउँमा बग्ने भागको जिम्मेवारी लिनुहुन्छ। श्वाङ याङ सी नदी चीनको दक्षिण पूर्वी भागको फु च्येन प्रान्तमा रहेको एउटा नदी हो। जुन फु च्येन प्रान्तको दक्षिण पूर्वी भागका बासिन्दाहरूका लागि खानेपानीको महत्त्वपूर्ण मुहान पनि हो।

 

हरेक दिन अपरान्ह ३ बजेतिर शन ता मिङले नदी वरिपरिको निरीक्षण र जाँचबुझ गर्नुहुन्छ। त्यस क्रममा उहाँले नदीमा रहेका फोहर निकाल्नुकासाथै नदीमा फोहर पानी नहाल्न र नदीको माछा नमार्न स्थानीयलाई सल्लाह सुझाव दिनुहुन्छ। यसका अतिरिक्त उहाँले निरीक्षण गर्ने क्रममा क्यामेराद्वारा त्यहाँको अवस्था खिचेर वरपरका गाउँघरहरूलाई देखाउनु हुन्छ। त्यसबाट वरपरका गाउँघरका बासिन्दाहरूले श्वाङ याङ सी नदीको ताजा अवस्थाबारे पनि जानकारी लिन सक्छन्।

 

नदीका प्रमुख भन्ने पद तथा व्यवस्था चीन सरकारले देशको जलस्रोतको व्यवस्थापन र संरक्षणका लागि विशेषत: खडा गरेको जिम्मेवार पद रहेको छ।