अमेरिकी परराष्ट्र मन्त्री ब्लिन्कनको चीन भ्रमण पछि सारिनु निहुँ मात्रै भएको चीनको टिप्पणी
2023-02-04 16:37:30CRI
Share with:

अमेरिकी परराष्ट्र मन्त्रालयका अधिकृतले टेलिफोन पत्रकार सम्मेलनमा चीनको मानवरहित एयरशिप अमेरिकाको एयरस्पेसमा प्रवेश भएको घटनाबाट प्रभाव परेका कारण अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कनले चीनको भ्रमण पछि सार्नुभएको छ। 

यसबारे प्रतिक्रिया दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनको मानवरहित एयरशिप अमेरिकाको एयरस्पेसमा प्रवेश भएको कुराबारे चीनले जाँचबुझ गरिसकेको र अमेरिकालाई जवाफ दिइसकेको बताएका छन्। प्रवक्ताका अनुसार उक्त एयरशिप मौसम विज्ञानको अनुसन्धानमा प्रयोग गरिएको थियो भने पश्चिमी वायुबाट प्रभाव परेका कारण उक्त एयरशिप निर्धारित मार्गबाट विचलित भएको थियो।

चीनले अन्तर्राष्ट्रिय ऐनको गम्भीर रुपमा पालना गरेको बताउँदै उनले विभिन्न मुलुकको सर्वभौमिकता र भूभागको अक्षुण्णताको सम्मान गरेको र कुनै पनि भूभाग र एयरस्पेसको उल्लंघन गर्ने विचार नलिएको दाबी गरे। अमेरिकी केही राजनीतिज्ञ र सञ्चार-माध्यमले उक्त कुराको निहुँमा चीनमाथि हिलो छ्यापेका छन्। चीनले यसको कडा विरोध गरेको छ।