चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा अमेरिकाले नागरिक प्रयोगमा चीनको मानवरहित एयरशिपको सशस्त्र आक्रमण गरेको कुराको विरोध
2023-02-05 16:23:32CRI
Share with:

फेब्रुअरी ५ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयले अमेरिकाले नागरिक प्रयोगमा चीनको मानवरहित एयरशिपको सशस्त्र आक्रमण गरेको कुराबारे वक्तव्य प्रकाशित गरेको छ। 

वक्तव्य यस प्रकार छः चीनले अमेरिकाले नागरिक प्रयोगमा चीनको मानवरहित एयरशिपको सशस्त्र आक्रमण गरेको कुराप्रति कडा असन्तुष्टि र विरोध जनाउँछ। चीनले जाँचबुझ गरेपछि अमेरिकालाई भनेको छ, यो एयरशिप नागरिक प्रयोगमा भएको हो। जोगिन नसकिने कारण अमेरिकामा प्रवेश भएको कुरा अनपेक्षित अवस्था हो। अमेरिकी प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले पनि उक्त एयरशिपले जमीनका व्यक्तिलाई त्रास-धम्की नपारेको कुरा बताएका छन्। यस्तो अवस्थामा अमेरिकाले सशक्तको प्रयास गरेको कुराले अन्तर्राष्ट्रिय नियमको गम्भीर रुपमा उल्लंघन गरेको छ। चीनले सम्बन्धित उद्योग-व्यवसायको वैधानिक हितको दृढताका साथ संरक्षण गरेको र आवश्यक प्रतिक्रिया जनाउने अधिकार सुरक्षित गर्ने छ।