बाखद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकुदले धेरै क्षेत्रहरूमा नयाँ नमूना खडा गरेको कुरा व्यक्त
2023-02-05 15:54:58CRI
Share with:

फेब्रुअरी ४ तारिख बेलुकी पैचिङ हिउँदे ओलम्पिक खेलकुद २०२२ आयोजना भएको प्रथम वार्षिकोत्सव हो। सोही दिन “पैचिङ हिउँदे ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना भएको वार्षिकोत्सवको स्मरण कार्यक्रम”को उदघाटन समारोह पैचिङमा आयोजना भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष  थोमस बाखले भिडियो सम्बोधन गर्नुभएको छ। 

बाखले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना भएको पहिलो वार्षिकोत्सवको स्मरण समारोहलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले पैचिङ नै ओलम्पिकको इतिहासमा “गृष्मकालीन र हिउँदे ओलम्पिक खेलकुद”को आयोजना गर्ने पहिलो शहर बनेको र यसले ओलम्पिक खेलकुदको नयाँ अध्याय उघारेको कुरा बताउनुभयो। 

उहाँले पैचिङ हिउँदे ओलम्पिक खेलकुदले हिउँदे ओलम्पिक सम्पदा छोडेको, सर्वसधारणलाई लाभ दिएको र धेरै क्षेत्रहरूमा हिउँदे ओलम्पिक खेलुकदको नयाँ नमूना खडा गरेको कुराको प्रशंसा गर्नुभयो।