अमेरिकाद्वारा सशस्त्र रूपमा चिनियाँ मानवरहित हवाई बेलुनमाथि गरिएको आक्रमणप्रति चीनको विरोध
2023-02-06 14:57:52cri
Share with:

अमेरिकाले सशस्त्र रूपमा चिनियाँ गैरसैन्य मानवरहित हवाई बेलुनमाथि आक्रमण गरेकोमा फेब्रअरी ५ तारिख चीनको परराष्ट्र मन्त्रालयका उपमन्त्री से फङले चिनियाँ सरकारको तर्फबाट चीनकालागि अमेरिकाको राजदूताबासका जिम्मेवार व्यक्तिलाई कडा शब्दमा विरोध व्यक्त गर्नुभएको छ।

गैरसैन्य मानवरहित हवाई बेलुन अमेरिकी हवाई क्षेत्रमा प्रवेश भएको यो आकस्मिक घटना हो, यसको वास्तविकताला बङ्ग्याएर चीनमाथि हिलो छ्याप्ने प्रयास भएको उपमन्त्री सेले जोड दिनुभएको छ।

अमेरिकाले वास्तविकतालाई बेवास्ता गरेर अमेरिकी हवाई क्षेत्र छोडिसकेको गैरसैन्य हवाई बेलुनमाथि आक्रमण गरेकोले गम्भीर रूपमा अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको उपमन्त्री सेले बताउनुभएको छ। चीनले यसको कडा विरोध गर्नुका साथै अमेरिकाले अरू कारवाही नचलाउन तथा चीनको हितमा क्षति नपुर्याउन र तनावपूर्ण अवस्थालाई विस्तृत नपार्न पनि उपमन्त्री सेले जोड दिनुभएको छ।