जनवरीमा विश्व निर्माण व्यवसायको पीएमआईमा सुधार
2023-02-06 16:48:30cri
Share with:

 

चीनको मालसामान पारवहन र किनमेल संघले फेब्रअरी ६ तारिख जनवरी महिनाको विश्व निर्माण व्यवसायको क्रय प्रवन्ध सूचि अर्थात् पीएमआईलाई सार्वजनिक गरेको छ। उक्त सूचि अनुसार, सो पीएमआईले लगातार ७ महिनासम्म तल झरेको प्रवृत्तिको अन्त्य गरेको छ र अघिल्लो महिनाको तुलनामा केही मात्रामा उठेको देखिन्छ। विशेषज्ञका अनुसार, चीनको निर्माण व्यवसाय तीव्र गतिले पुन:उठेकाले विश्व अर्थतन्त्रको पुन:रूत्थानका लागि मुख्य योगदानकर्ता बनेको छ।

 

चीनको नीतिगत विज्ञान अनुसन्धान कार्यालय अन्तर्गत आर्थिक नीति परिषद्का उपाध्यक्ष स्यु होङ छाईका अनुसार, जनवरीमा विश्व निर्माण व्यवसायको पीएमआईले लगातार ७ महिनासम्म तल झरेको प्रवृत्तिको अन्त्य गरेको कुरा एउटा राम्रो खबर हुनुका साथै एउटा महत्वतपूर्ण बिन्दु पनि हो। त्यसबाट सकारात्मक संकेत पनि दिइएको छ। विश्वका विभिन्न मुलुकहरूले एकताबद्ध भएर आर्थिक र व्यापारिक सहकार्यलाई सबल पारी विश्व अर्थतन्त्रलाई स्थिर विकास हुने बाटोमा फर्काउनुपर्ने कुरामा पनि उपाध्यक्ष स्युले जोड दिनुभएको छ।