राष्ट्राध्यक्ष सी चिनफिङद्वारा टर्कीका राष्ट्रपति र सिरियाका राष्ट्रपतिलाई समवेदना सन्देश
2023-02-06 19:54:05cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ६ तारिख टर्की र सिरियामा बिनाशकारी भूकम्प गएकोमा बेग्ला बेग्लैगरी टर्कीका राष्ट्रपति रेसिफ टायिप एर्डोगान र सिरियाका राष्ट्रपति बाशार अल असादलाई समवेदना सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकहरूलाई शोक श्रद्धान्जली प्रकट गर्नुका साथै मृतकका परिवारजन र घाइते भएका व्यक्तिहरूलाई हार्दिक सन्त्वना व्यक्त गर्नुभएको छ। राष्ट्रपति ज्यूको नेतृत्वमा दुवै देशका सरकार र जनताले छिटै नै प्रकोपबाट ल्याइएको असरलाई जितेर घरबारको पुन:स्थापना गर्नसक्ने विश्वास पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।