एसियन गैंडा सुरक्षाका लागि चितवनमा सम्मेलन सुरु
2023-02-06 16:42:22cri
Share with:

गैडा पाउने एसियाली मुलुकहरुको सम्मेलन ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नेपालको चितवनमा सुरु भएको छ। गैंडाको चोरी तस्करी तथा संरक्षणमा देखिएका चुनौतीहरुको समाधानको खोजि गर्दै नेपालसहित भारत, भुटान, इन्डोनेसिया र मलेसियाका प्रतिनिधिहरु एकै स्थानमा जम्मा भएका कारोबार अनलाइनले लेखेको छ।

विश्वबाट नै लोपउन्मुख अवस्थामा रहेको गैँडाको संरक्षणमा देखिएको चुनौतीको विषयमा छलफल गरेर साझा योजना तयार पारिने छ। नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैंडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ। तेस्रो एसियाली गैँडा रेन्ज कन्ट्रिज’ बैठक शुक्रवारदेखि चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको बैंठक आईतवार मात्रै सकिने छ।

नेपाल सरकारको आयोजना तथा आईयुसिएनराष्ट्रिय प्रकृति संरक्षण कोष , डब्लुडब्लुएफ नेपाल, जेडएसएलनेपाल,युएस माछा तथा वन्यजन्तु सेवा, राइनो रिकभरी फण्ड, आराण्यक र इन्टरनेशनल राइनो फाउन्डेसनद्वारा सह–आयोजनामा सम्मेलन सुरु भएको हो। गैँडा पाउने एसियन मुलुक भुटान, भारत, इन्डोनेसिया, मलेसिया र नेपालका सरकारी प्रतिनिधि, गैँडा विज्ञ, समुदायका नेता, गैरसरकारी संस्था, कानून प्रवर्तन निकायका प्रतिनिधि र संरक्षण साझेदारका प्रतिनिधि सहभागी छन्।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाललेपछिल्लो समय एसियाली मुलुकहरुमा गैंडा संरक्षणमा देखिएका चुनौती, बासस्थानको समस्याको बिषयमा छलफल गरी भावी योजना तर्जुमा गर्ने लक्ष्यका साथ छलफल भईरहेको बताउनु भएको छ। “गैडा संरक्षणमा देखिएको समस्याहरु समाधानका लागि लगानी बढाउनुपर्ने बिषय, जलवायुजन्य जोमि न्यूनिकरण, गुणस्तर बासस्थान गर्ने अतिक्रमण रोक्ने, र खण्डिकरणको पुर्नस्थापना, मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण, राहत व्यवस्थापन , जैविक मार्ग निर्माण गर्नुपर्नेमा छलफल केन्द्रित हुने छ,” उहाँले भन्नुभयो, “समन्वय र सहकार्य तथा क्षमता अभिबृद्धि गर्ने , अनुसन्धानमा जोड , मिचाहा प्रजाति हटाउने लगायतका मुद्धाहरुमा छलफल केन्द्रित हुने छ, र भविष्यमा कस्तो नीति लिने भन्ने निर्णय हुन्छ।”

गैंडाको दोस्रो ठूलो बासस्थान नेपालरहेको र गैडा हेर्न विश्वबाट पर्यटकहरु नेपाल आउने गरेको छन्। विभागका प्रवक्ता अजय कार्कीले एसियाली गैँडाको भविष्यमासुरक्षित राख्ने प्रयासमा एसियामा गैँडाको संरक्षण गर्न देशहरूबीचको सहकार्य र सहकार्यलाई सुदृढ गर्नका लागि गैंडा पाउने एसियाली पाँचवटा देशका प्रतिनिधिहरू बैठकमा सहभागी भएको जानकारी गराउनुभयो।

“बैठकमा सहभागी प्रतिनिधिहरूले एसियाली गैँडा संरक्षण सम्बन्धी विभिन्न विषयहरू जस्तै शिकार र अवैध वन्यजन्तु व्यापारको जोखिम न्यूनीकरण का बिषयमा छलफल भईरहेको छ,” उहाँले भन्नुभयो, “वासस्थानको क्षति, खण्डीकरण र क्षयीकरण, जैविक जनसंख्या व्यवस्थापन, मानव– गैंडा द्वन्द्व न्यूनीकरण, वन्यजन्तु स्वास्थ्य, सीमापार सहयोग सुदृढीकरण र जलवायु प्रतिकूलता जस्ता विषयमा छलफल भईरहेको छ।”

कार्कीका अनुसार भेलाले गैंडा पाउने एसियन मुलुकहरु बीचको सञ्जाललाई सुदृढ गर्ने, संरक्षण चुनौतीहरू पहिचान गर्ने, उत्कृष्ट अभ्यासहरू र सिकेका पाठहरू, ज्ञान र अनुभवहरू ती मुलुकभरि एसियाली गैँडाहरूको संरक्षण गर्ने र एसियाली गैँडाहरूबारे चेतना जगाउने उद्देश्य राखेको छ।

पहिलो एसियाली राइनो रेन्ज कन्ट्रिज बैठक २०१३ मा इन्डोनेसियामा र दोस्रो बैठक २०१९ मा भारतमा भएको थियो। “यो बैठकले “एशियन गैँडा २०१९ मा नयाँ दिल्ली घोषणाको समीक्षा गर्नेछ र एशियाका गैडा संरक्षणका लागि चितवन घोषणापत्र तय गर्ने छ,” कार्कीले भन्नुभयो। बैंठकमा सहभागीहरुले शुक्रबार छलफल भएको र शनिबार निकुञ्जको विभिन्न क्षेत्रमा अवलोकन समेत गरिएको थियो। गैंडाको मुख्य वासस्थान रहेको ठाउ, मारिएका स्थानहरु प्रत्यक्ष रुपमा अवलोकन गरी चुनौतीको विषयमा समाधान खोजिने तयारी भएको छ।

विभागको अनुसार एसियन मुलुकहरुमा ४ हजारको हाराहारीमा गैडा रहेका छन्। नेपालमा भने एक सिंगे गैंडाको संख्या ७५२ रहेको छ। चितवनमा मात्रै गैंडाको संख्या ६९४ पुगेको छ।भारतमा मात्रै ३२००, इन्डोनेशिया ५० गैडा रहेका छन्।