पाकिस्तानकी विद्यार्थी मिङ युएद्वारा चीन पाकिस्तान मित्रताको अनुभव-१
2023-02-06 10:26:07CRI
Share with:

 

पाकिस्तानकी विद्यार्थी मिङ युए सी नान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा विषय सम्बन्धमा स्नातकोत्तर गर्दै छिन्। चिनियाँ भाषा सिकेको कारण उनले चीनलाई मन पराएकी छिन्। चीन आएपछि उनले पाकिस्तान र चीनका जनता बीच समुद्रभन्दा गहिरो” , “पहाडभन्दा अग्लो र महभन्दा गुलियो रहेको मित्रताको अनुभव गरेकी छिन्।

च च वै च च, पु च वै पु च, श च ये। यस परानो चिनियाँ भनाईको अर्थ भनेको बुझेको कुरा बुझेको कुरा नै हो। नबुझेको कुरा नबुझेको कुरा नै हो। नबुझेको कुरालाई बुझेको कुरा जस्तै बनाउनुहुँदैन। यो बुद्धि हो।

 

पहिलो पटक मिङ युएला भेट्दा चिनियाँ परम्परागत संस्कृतिप्रति उनको उत्साह तथा चिनियाँ भाषा पढाईप्रति उनको लगनको अनुभव गर्न सकिन्छ। उन लुन यु पढ्न र चिनियाँ कविता मन पराउँछिन्। मिङ युए भन्ने चिनियाँ नाम चीनको सुङ राजवंशका कवि सु तोङ फोको कविताबाट आएको हो।

चिनियाँ भाषा पढ्न थालेको बेलामा मैले सु तोङ फोको कविता मिङ युए चि श यौ, बा च्यौ वन छिङ थ्यान लाई धेरै मन पराएकी हुनाले मेरा श्रीमानले मलाई मिङ युए भन्ने नाम दिनुभयो। मलाई यो नाम एकदम मन पर्छ।

 

मिङ युएका सबै आफन्तहरुले चिनियाँ भाषा बुझेका छन् र चिनियाँ संस्कृति मन पराउँछन्। उनका श्रीमानले नै उनलाई शुरुमा चिनियाँ भाषा पढाएका थिए। उनकी बहिनी पनि चिनियाँ भाषा पढ्दै छिन्। उनका भाइले पनि चिनियाँ भाषा पढ्ने योजना बनाएका छन्। सन् २०१९ मा मिङ युएले चिनियाँ भाषा पुल प्रतियोगितामा भाग लिएकी थिइन्, जसबाट राम्रो चिनियाँ भाषा जानेर चीनमा पढ्ने उनको अठोटलाई दृढ बनाइएको थियो।

मैले चिनियाँ भाषा पुल प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरी फाइनल हेर्न चीन आउने अवसर हासिल गरेकी थिएँ। ती रमणीय दिनहरु विर्सन सक्दिन। चीनको यात्रा मेरो लागि एउटा महान उपलब्धि थियो। चीन आएपछि मैले धेरै विदेशीहरुलाई साथी बनाएर चिनियाँ भाषाप्रति विभिन्न देशका मानिसहरुको चासोबारे जानकारी लिएँ। उनीहरुको कथा सुनेपछि म प्रोत्साहित भएँ।

 

अथक प्रयासपछि राम्रो उपलब्धि प्राप्त हुन्छ। गत वर्षको अन्त्यमा मिङ युएले चीनमा अध्ययन गर्ने अवसर प्राप्त गरिन्। एक महिनाअघि चिनियाँ भूमिमा हिडेको बेलाको सम्झना गर्द उनी गदद् भइन्।

ला सधैँ चीनमा एर पढ्ने इच्छा थियो। यो मेरो सपना थियो। चालू वर्ष म निकै भाग्यशाली भएँ।

 

मिङ युए सी नान विश्वविद्यालय र छोङ छिङ शहरलाई धेरै मन पराउँछिन्। उनले चीनका अरु बढी शहर घुमेर चीनको सुन्दरता तथा विकासको अनुभव गर्ने इच्छा लिएकी छिन्।