आजदेखि चीनको पर्यटन एजेन्सीको आउटबाउन्ड पर्यटन व्यवसाय पुनः सुरु
2023-02-06 15:30:02CRI
Share with:

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार, ६ तारिखदेखि चीनभरिका पर्यटन एजेन्सी र अनलाइन पर्यटन कम्पनीले प्रायोगिक धारमा चिनियाँ पर्यटकको विदेशी पर्यटन व्यवसाय पुनःसुरू गरेको छ। ती गन्तव्यमा थाइल्याण्ड, इन्डोनेशिया, कम्बोडियालगायत २० मुलुक समावेश छन्।

 

६ तारिख बिहान पैचिङ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट सिङ्गापुरतर्फ एउटा पर्यटन समूह उडेको छ, जुन चीन प्रवेश र निकाश नीति अनुकूलन र संशोधन भएपछि पैचिङबाट सिङ्गापुरतर्फ प्रस्थान गर्ने पहिलो पर्यटन समूह हो। यसबाहेक सोहि दिन थाइल्याण्ड, कम्बोडिया दि गन्तव्यतर्फ पनि विभिन्न पर्यटन समूहहरू उडेका छन्।

 

चीनको पर्यटन ग्रुपका सम्बद्ध जिम्मेवार लेइ हाइसुले ३ वर्षयता पहिलो निकासी पर्यटन समूह भएको बताउँदै स्वस्थ, सुरक्षा तथा सभ्यता धारित पर्यटनमा अझ ध्यान दिएको दोहोर्याउनुभएको छ।

 

पैचिङबाहेक ५ तारिख राति ९ बजे लगभग ५० जना चिनियाँ पर्यटक क्वाङच पाइयुन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर ६ तारिख बिहान सबेरैको उडानबाट युएइको दुब, अबुधाबी दि क्षेत्रतर्फ प्रस्थान गरेका छन्।