#अल्पसंख्यक जाति# स छ्वान प्रान्तमा यी जातीय बासिन्दाको नयाँ जीवन-1
2023-02-07 10:54:52CRI
Share with:

चिनियाँहरूले वसन्त चाड मनाउनुअघि मंगोलिया जातीय सर्वसाधारणले पनि परम्परागत “जी ह्वो चे” अर्थात् “आगोमा बलि चढाउने पर्व” मनाइसकेका छन्। पर्व मनाएपछि चिनियाँ छिङ हाइ प्रान्तीय हाइसी मंगोलिया जातीय स्वायत्त प्रिफेक्चर तुलान जिल्ला बालुङ बस्ति ख अर पशुपालन गाउँका गाउँले चान छिङ परिवार छिङ हाइ प्रान्तको सदरमुकाम सी निङ शहर सर्नुभएको छ। केही वर्षअघि चान छिङले सी निङ शहरमा १३० वर्गमिटरभन्दा ठूलो आवास किन्नुभएको थियो। नयाँ घर ठूलो तथा सफा छ। उहाँले घरलाई मंगोलिया शैलीमा श्रृङ्गार-पटार गर्नुभएको छ। चालू वर्षको वसन्त चाडको अवसरमा उहाँसहित परिवारका ७ जना सदस्यहरू नयाँ घरमा बस्नथालेका हुन्। 

वसन्त चाडको सुअवसरमा चान छिङले अरु नाता-कुटुम्ब, इष्ट-मित्रकहाँ गएर शुभकामना दिनुबाहेक हरेक दिन गाडी चढेर बाहिर घुम्नुभएको छ। “कार्य एउटा मात्र, किनमेल गर्नु हो।” चान छिङले हाँसेर भन्नुभयो। 

हाल, चान छिङ भान्छा कोठा तथा समग्र नयाँ घरकालागि सबै विद्युतीय सरसामान किन्न लाग्नुभएको छ। चान छिङका अनुसार, यो नयाँ वर्षले नयाँ अवस्था मात्र नभई नयाँ घरमा नयाँ सुरूआतको पनि प्रतिनिधित्व गरेको छ। “नयाँ घरमा बसेर नयाँ वर्ष मनाउँदा नयाँ जीवन अवश्य नै झन् झन् राम्रो हुने छ। ” चान छिङले भन्नुभयो। 

चान छिङको जन्मथलो ख अर पशुपालन गाउँ छाइ तामु भञ्ज्याङको पूर्वी भागमा अवस्थित एउटा सानो गाउँ हो। यो गाउँ एउटा पशुपालन गाउँ हो गाउँलेहरू पुस्तौँपुस्तादेखि पशुपालन गरेर जीवन बिताउँदैआएका छन्।

 

चान छिङले जन्मथलोबारे यसरी व्याख्या गर्नुभयो-

“पहिले स्व-निर्मित घरमा बस्थ्यौँ। बाटो पनि माटोको बाटो थियो। अस्पताल र विद्यालय जान गाह्रो थियो। त्यसपछि सरकारले बसोबास क्षेत्रको निर्माण गरेर हाम्रो लागि नयाँ घरआवासको निर्माण गरेको छ। नयाँ घरमा जल, विद्युत, इन्टरनेट सबै छन्। हामी सर्वसाधारणले राम्रो जीवन बिताएका छौँ।” 

गरिबी निवारण, ग्रामीण पुनरूत्थान नीति कार्यान्वयन गरेपछि छाइ ता मु भञ्ज्याङका पशुपालकको जीवनमा ठूलो परिवर्तन भएको छ। 

“चाड मनाउँदै आपसलाई दिने उपहारका लागि पहिला हामीले नाता-कुटुम्ब, इष्ट-मित्रलाई मासु वा चिया पठाउने गर्द्थ्यौँ। त्यसपछि विशेषतायुक्त उत्पादन वा खाजा थपियो। हाल उपहारमा विद्युतीय सामान पनि छन्। गाउँका धेरै साथीहरूले मजस्तै सी निङ शहरमा घर किनेका छन्। गृष्ममा हामी गाउँ फर्केर पैसा कमाउँछौँ र हिउँदमा यहीँ आनन्द गर्छौँ।” चान छिङले बताउनुभयो।