नेपालको आर्थिक स्थिति सुधारोन्मुख रहेको नेपाल राष्ट्र बैकको प्रतिवेदनको पुष्टि
2023-02-07 16:32:38cri
Share with:

आर्थिक वर्षको आधा समय बित्दा नेपालको अर्थतन्त्रका मुख्य सूचक सुधारोन्मुख देखिन थालेका छन्। नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति र कुल विदेशी विनिमय सञ्चितिमा सुधार आएको देखाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

यस वर्षको असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ रहेको कुल विदेशी विनिमय सञ्चिति छ महिनामा १० प्रतिशतले वृद्धि भई पुस मसान्तसम्ममा १३ खर्ब ३७ अर्ब २९ करोड रुपियाँ पुगेको छ। 

विदेशी विनिमय सञ्चिति मङ्सिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपियाँ बराबरको रहेको थियो। यसको तुलनामा पुस मसान्तमा ६ दशमलव

अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति छ महिनाको अवधिमा ८ प्रतिशतले बढेर १० अर्ब ३० करोड कायम रहेको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ। 

विदेशी मुद्राको सञ्चिति दबाबमा रहेपछि नेपाल राष्ट्र बैङ्कले आयातमा नगद मार्जिन लगाउने र ब्याजदर बढाउने गरी नीति लिएको थियो। यसकै फलस्वरूप असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकामा पुस मसान्तसम्ममा ७६ करोडले बढेको हो।

चालू आर्थिक वर्षको छ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० दशमलव चार महिनाको वस्तु आयात र नौ दशमलव १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

चालू खाता घाटामा सुधार

समीक्षा अवधिमा चालू खाता घाटाको स्थितिमा उल्लेख्य सुधार आएको छ। मङ्सिर मसान्तसम्ममा ३७ अर्ब ९१ करोड रुपियाँले घाटामा रहेको चालू खाता पुस मसान्तमा घटेर २९ अर्ब ४७ करोड रुपियाँमा झरेको हो। एक महिनाको अवधिमा करिब साढे आठ अर्ब रुपियाँले चालू खाता घाटामा सुधार आएको हो। 

चालू खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले घाटामा रहेको पुस मसान्तसम्ममा २३ करोड ३३ लाखले घाटामा रहेको छ। 

चालू आर्थिक वर्षको छ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपियाँले बचतमा रहेको छ। यो मङ्सर मसान्तमा ४५ अर्ब ८७ करोड रुपियाँ मात्रै बचतमा थियो। एक महिनाकै अवधिमा शोधनान्तर स्थिति ५२ अर्ब रुपियाँले बचत बढेको छ।  अघिल्लो वर्षको पुस मसान्तमा शोधनान्तर स्थिति २९ अर्ब ४७ करोड रुपियाँले घाटा थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २४ दशमलव ३० प्रतिशतले वृद्धि भई पाँच खर्ब ८५ अर्ब आठ करोड रुपियाँ पुगेको छ। मङ्सिर मसान्तमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर चार खर्ब ८० अर्ब ५० करोड

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ९० प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ। 

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल राष्ट्र बैङ्कमा रहेको सरकारका विभिन्न खातामा एक खर्ब ९९ अर्ब १५ करोड रुपियाँ नगद मौज्दात रहेको छ। चालू आर्थिक वर्षको असार मसान्तसम्म नगद मौज्दात दुई खर्ब ३२ अर्ब ५३ करोड रुपियाँ रहेको थियो। 

चालू आर्थिक वर्षको पहिलो छ महिनामा कुल वस्तु निर्यात ३२ प्रतिशतले कमी आई ८० अर्ब ८१ करोड रुपियाँको निर्यात भएको छ। अघिल्लो वर्ष सो अवधिमा निर्यात ९५ दशमलव ५० प्रतिशतले बढेको थियो। यो अवधिमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका गहनाका वस्तुको निर्यात घटेको छ। 

समीक्षा अवधिमा कुल वस्तु आयात २० दशमलव ७० प्रतिशतले कमी आई सात खर्ब ९२ करोड ६७ करोड रुपियाँको आयात भएको छ। 

पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ५ दशमलव ६५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ५७ प्रतिशत रहेको छ। 

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९ दशमलव ७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८ दशमलव ८४ प्रतिशतले बढेको छ।