हङकङ सामान्य अवस्थामा फर्केदा विश्वका लागि नयाँ प्रतीक्षाको सिर्जना
2023-02-07 17:21:59cri
Share with:

 

फेब्रअरी ६ तारिखदेखि हङकङ र मुख्य भूमि बीचको आवतजावत पुन:शुरू भएको छ। ब्लम्वर्गका अनुसार, त्यो हङकङले अर्थतन्त्र र पर्यटन व्यवसायलाई पुन:तेजिलो पार्नका लागि चालेको एक कदम हो। अन्तर्राष्ट्रिय ठूलो शहर पुन: सामान्य अवस्थामा फर्केको देखिएको हङकङ विशेष प्रशासनिक क्षेत्रका सरकारी पदाधिकारीले प्रतिक्रिया दिएका छन्। अन्तर्राष्ट्रिय जनमतका अनुसार, भविष्यमा चीनको मुख्य भूमि र विश्वका अन्य क्षेत्रसँग जोड्ने र सम्पर्क राख्ने सन्दर्भमा हङकङले अझ राम्रोसँग आफ्नो विशेषतायुक्त श्रेष्ठताको सदुपयोग गर्दै जानेछ।

बितेका केही समययता महामारीले हङकङको अर्थतन्त्रमाथि नकारात्मक प्रभाव पारेको थियो। चीनको महामारी प्रतिरोधात्मक नीति सुधारिँदै आएको र महामारी अवस्था परिवर्तित हुँदै आएको सिलसिलामा हङकङ तथा मुख्य भूमि बीचको आवतजावत बल्ल भएर पुन:शुरू भएको छ। त्यसमा अर्थतन्त्रको पुन:रूत्थान हुने हङकङबासीहरूको प्रतिक्षाको पनि बोकेको छ।

सामान्य अवस्थामा फर्केको हङकङ जोडतोडसँग प्रयास गरिरहेको छ। हाल हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक ली का छ्यु जोन प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउदी अरबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहनुभएको छ। जुन हङकङ बेल्ट एण्ड रोडको निर्माणमा संलग्न भएको पछिल्लो वास्तविकता रहेको छ।