धेरै देशहरू चिनियाँ पर्यटकप्रति आशावादी
2023-02-07 19:04:26cri
Share with:

फेब्रुअरी ६ तारिखदेखि चीनले विदेशमा सामूहिक पर्यटन व्यवसाय पुनः शुरू गर्ने धेरै देशहरूले अपेक्षा गरेका छन्। विभिन्न देशका पर्यटन विभागहरूले सो गतिविधिबाट आ-आफ्नो देशको पर्यटन उद्योगमा बलियो शक्ति थप दिनसक्ने  विश्वास व्यक्त गरेका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले फेब्रुअरी ७ तारिख नियमित पत्रकार सम्मेलनमा पहिलो चिनियाँ विदेशी पर्यटन समूह फेब्रुअरी ६ तारिख थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडिया, सिङ्गापुर, संयुक्त अरब इमिरेट्स र इजिप्ट लगायतका विभिन्न देशमा पुगेको बताउनुभएको छ। उहाँले सबै देशहरूले चिनियाँ पर्यटकहरूको आगमनलाई न्यानो स्वागत गरेको बताउँदै ती देशहरुले चिनियाँ पर्यटकहरूलाई सुरक्षित र सुविधाजनक वातावरण तथा परिस्थितिहरू उपलब्ध गराउनसक्ने आशा चीनले लिएको स्पष्ट पार्नुभयो।

माओ निङले गएको तीन वर्ष यता चिनियाँ सामूहिक पर्यटन व्यवसायको "पुनःशरू गर्ने बटन" थिचिएको भन्दै विश्वको पर्यटन बजार र महामारी पछिको अर्थतन्त्रको पुनरुत्थानमा बलियो शक्ति थपिएको पनि बताउनुभयो।