चीनको पहिलो सामाजिक उद्धार टोली टर्कीतर्फ उद्धार कार्यमा सहयोग गर्ने
2023-02-07 14:44:36cri
Share with:

चीनको पहिलो सामाजिक उद्धार टोली गौङ याङ उद्धार टोलीले फेब्रअरी ७ तारिख बिहान पहिलो अन्तर्राष्ट्रिय सहर उद्धार टोलीलाई चीनको हाङ चौ सहरबाट टर्कीको भूकम्पबाट गम्भीर रूपमा प्रभावित क्षेत्रमा पठाएको छ। उक्त टोली टर्कीको स्थानीय समय अनुसार फेब्रअरी ८ तारिख पुग्ने छ। उक्त उद्धार टोलीमा ८ जना विश्वव्यापी उद्धार अनुभवी भूकम्प उद्धार विशेषज्ञ समेत छन्। उनीहरूले उन्नत रडार, मानिस खोज्ने उपकरण, उद्धार उपकरण र उद्धार कुकुर पनि सँगै लगेका छन्।

यसका साथै टर्कीमा बसोबास गरेका चिनियाँहरूले पनि पाल, शयन झोला, कम्बल आदि सामग्री सङ्कलन गरेर ७ तारिख नै टर्कीको सम्बन्धित विभागमा पठाउने भएको छ।

फेब्रअरी ६ तारिख टर्कीको कहरामनमारस प्रान्तमा ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो जसबाट वरिपरिका कम्तिमा १० वटा प्रान्तहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। हाल विभिन्न उद्धार कार्य जारी छ। मृत्यु तथा घाइते हुनेको संख्यामा वृद्धि हुने अनुमान छ।